• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अमेरिकी मोडल : जिजि ह्याडिड

जिजि ह्याडिड चर्चित अमेरिकी फेसन मोडल हुन् । सन् १९९५, २३ अप्रिलमा लस एन्जल्समा जन्मिएकी जिजिको वाल्यकाल पनि त्यहीँ बित्यो । जिजिको वास्तविक नाम ‘जेलेना नोरा ह्याडिड’ हो । जिजिलाई कम उमेरमै सफल र व्यावसायिक अमेरिकी मोडलको रुपमा चिनिन्छ । 

जिजिका बुबा ‘मोह्ममद ह्याडिड’ प्यालेस्टाइनी मूलका अमेरिकी घर–जग्गा बिक्री वितरक हुन् भने आमा योलान्दा ह्याडिड डच मुलकी पूर्वअमेरिकी मोडल तथा टेलिभिजन प्रस्तोता हुन् । जिजिकी एक दिदी ‘बेला’ र एक दाई ‘अनवार’ छन्, दुवैजना अमेरिकी मोडल हुन् । यद्यपी, बेलाका बुबा र आमाको सम्बन्ध–विच्छेद भइसकेको छ । 

 

 

सम्बन्ध विच्छेदपछि जिजिकी आमाले संगीतकार ‘डेभिड फोस्टर’सँग विवाह गरिन्, जसबाट उनका पाच छोरीहरु छन् । सन् २०१३ मा जिजिले क्यालिफोर्नियाको ‘मालिबु हाई स्कूल’बाट स्नातक गरिन् । यस विद्यालयमा अध्ययनका दौरान जिजि भलिवल टिम साथै घोडा दौड प्रतियोगिताकी क्याप्टेन थिइन् ।

 


 
त्यसपछि जिजि अध्ययन तथा मोडलिङका लागि न्यूयोर्क गइन् । उनले न्यूयोर्कको ‘द न्यू स्कूल’मा आपराधिक मनोविज्ञान विषय अध्ययन गरिन् । जिजिले मोडलिङ दुई बर्षको छँदादेखि नै सुरु गरेकी थिइन् । स्कूल जानुअघि बच्चाको कपडाका लागि मोडलिङ गराइयो । त्यसपछि उनी सन् २०११ मा मोडलिङमा सशक्त रुपले फर्किइन् । 

 

 

सन् २०१४ को फेब्रुअरीमा जिजिले ‘न्यूयोर्क फेसन विक’मा पहिलो पटक क्याट वाक गरिन् । सोही महिना उनले ‘सिआर फेसन बुक म्यागेजिन’को कभरका लागि ‘हाई फेसन’ कम्पनीमा ब्रेक पाइन् । 

त्यसपछि उनले चर्चित फेसन डिजाइनर टम फोर्डको विभिन्न फेसन अभियानमा भाग लिइन् । जिजिले सन् २०१५ मा धेरैभन्दा धेरै फेसन कार्यक्रम सञ्चालन तथा प्रवद्र्धन गरिन् । त्यसपछि उनी ‘ग्यालोर’ पत्रिकाको पनि कभरमा देखिइन् ।

 


 
त्यस्तै, सन् २०१५ मा पिरेली पात्रोमा देखिइन्, भने सोही बर्ष ‘डेली फ्रन्ट रो’को मोडल वर्ष र ‘मबील्याइन’ सौन्दर्य उत्पादनको ब्रान्ड एम्बेस्डर बनिन् । यसै बर्ष उनी विभिन्न डिजाइनरको फेसन शोमा सहभागी भइन् । उनी २०१५ को अन्त्यतिर ‘भिक्टोरिया सिक्रेट फेसन शो’मा पहिलो पटक सहभागी भइन् ।
 
जिजि ‘भोग’, ‘स्चोन’, ‘नुमेरो’, ‘अलर’, ‘डब्ल्यु म्यागेजिन’, ‘टिन भोग’, ‘डब्ल्युएसजे’, ‘एले क्यानडा’, ‘ड्याज’ र ‘हार्पर्स बाजार’ लगायत चर्चित पत्रिकाको कभर गर्ल बनिन् । त्यस्तै, ‘एले’, ‘ग्राजिया’, ‘क्लेओ’, ‘भोग’, ‘स्पोर्टस इलुस्ट्रेट’, ‘पेपर म्यागेजिन’, ‘भ्यानिटी फेयर’ र ‘भि म्यागेजिन’आदी पत्रिकामा पनि देखिइन् । 

 

 

सन् २०१६ मा विभिन्न १४ फेसन डिजाइनर तथा फेसन कम्पनीका लागि ‘क्याट वाक’ गरिन् । यसै बषै उनी ‘टोमी हिलफिगर’को भित्री वस्त्र, पहिरन र सेन्ट (अत्तर) का लागि विश्वव्यापी ब्रान्ड एम्बेस्डर बनिन् । जिजिले ‘बिएमडब्ल्यु एम२’ कार कम्पनीका लागि मोलिङ गरिन् । 

यसबाहेक उनले जुत्ता कम्पनीका लागि पनि मोडलिङ गरिन् भने ‘आईहार्ट रेडियो मच म्युजिक भिडियो अवार्ड’ र ‘अमेरिकन म्युजिक अवार्ड’ कार्यक्रम सञ्चालन गरिन् । उनले दोस्रो पटक सन् २०१६ डिसेम्बरमा ‘भिक्टोरिया सिक्रेट फेसन शो’मा सहभागी भइन् । यसैवर्ष ‘ब्रिटिश फेसन अवार्ड’मा जिजिले ‘अन्तराष्ट्रिय मोडेल – २०१६’को अवार्ड जितिन् । 

 

 

सन् २०१७ मा जिजिले आफन्ी दिदी बेलासँग मिलेर ‘स्प्रिङ–समर’ फेसन अभियान थालिन् । उनीहरु दुवै ‘फेन्डी’ र ‘मोस्चिनो’ फेसन कम्पनीका लागि पनि ‘स्प्रिङ–समर’ फेसन अभियानमा देखिए । 

जिजिले चर्चित अमेरिकी गायक जेन मल्लिकसँग ‘भर्सस’ पत्रिकाका लागि ‘स्प्रिङ सिजन’ फोटो सुट गरिन् । त्यस्तै, सन् २०१७ को ‘भोग’, ‘सिआर फेसन बुक’, ‘जोली’ र ‘डेली’को स्प्रिङ फेसनका लागि कभरमा फेरि देखिइन् । 

 

 

जिजिले सन् २०१५देखि अमेरिकी गायक जेन मलिकसँग डेट सुरु गरेकी थिइन् । उनी जेनको म्युजिक भिडियो ‘पिलोटक’मा देखिइसकेकी छिन् । जेन र जिजि एकसाथ सन् २०१७मा ‘भोग’ पत्रिकाको अगस्ट महिनाको कभरमा देखिए । 

चर्चित फेसन पत्रिका ‘भोग’मा एकसाथ देखिने जेन र जिजि तेस्रो जोडी थिए । यद्यपी, सन् २०१८ सम्म आइपुग्दा जिजि र जेन अलग भइसकेको सामाजिक सञ्जालबाट घोषणा गरेका छन् । 

 

 

जिजिले सन् २०१२ मा ‘भर्जिन आई’ शिर्षकको छोटो फिल्ममा अभियन पनि गरिसकेकी छिन् । उनी चर्चित अमेरिकी रियालिटी शो ‘द रियल हाउसविभ्स अफ वेभर्ली हिल्स’, ‘दोज रेक्ड बाई सक्सेस’, ‘मास्टर चिफ’, ‘रुपलल्स ड्राग रेस’ र ‘लिप सान्क बाटल’मा सहभागी भइसकेकी छिन् । 

 

 

जिजिले साटवटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् भने दुई वटा चर्चित क्रिसमस गीतमा आवाज दिइसकेकी छिन् । जिजिले सन् २०१५को ‘मोडल अफ द इयर अवार्ड’, सन् २०१६ मा ‘टिआरएल बेस्ट लुक अवार्ड’, सन् २०१६ मा ‘मोडेल अफ द इयर’ र सन् २०१७मा ‘बेस्ट डिजाइन डेब्यु अवार्ड’ जितिसकेकी छिन् । 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर