• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:17 am

मण्डपमै रक्सी पिएर लरखराउँदै बेहुला पुगेपछि विवाह अस्विकार गरिन् बेहुलीले

छप्रा । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । 

रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । 

छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’ 

नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।

दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन् । अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् । 

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्यु समेत हुने गरेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘पब्जी’पछि गुजरातमा सार्वजनिक स्थलमा जन्मदिन मनाउन प्रतिबन्ध !

  • ६ जेठ, २०७६

एजेन्सी । गुजरातको सुरतमा सार्वजनिक स्थलँमा जन्मदिन मनाउन प्रतिबन्ध लगाइएको छ । यस्तो कदम उठाउने गुजरात भारतकै पहिलो राज्य बनेको भारतीय

विश्व रेकर्ड राख्यो यो अटो–रिक्साले

  • १ जेठ, २०७६

एजेन्सी । प्राय हामी नेपालीले चढ्ने अटो–रिक्सा विस्तारै सुस्त गतिमा कुद्ने सवारी साधनको रुपमा चिन्छौँ, तर विश्वमा यस्तै एक अटो–रिक्साले उच्च

अनर किलिङ : एक रिसले चुर बुबाले आफ्नै छोरीलाई जिउँदै जलाए !

  • २४ बैशाख, २०७६

भारतको महाराष्ट्रको अहमदनगरस्थित निक्सोज गाउँमा एक बुबाले आफ्नै छोरी र ज्वाईलाई जिउँदै जलाए ।  १९ वर्षीया रुक्मिणी रणसिंघेले ६ महिनाअघि मात्रै