• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

यी ७ संकेतले भन्छ, तपाईलाई सेक्ससँग एलर्जी छ !

काठमाडौं । शारीरिक सम्बन्ध एक जटिल प्रक्रिया हो, जसमा शरीर, दिमाग, हर्मोन र भावनाहरुले आदीको अहम भूमिका निभाउछन् । तर, कहिलेकाही सबै कुरा ठिकठाक हुँदाहुँदै पनि तपाई सेक्सबाट टाढा रहन थाल्नु भएको हो कि जस्तो लाग्छ । यस्तो अवस्थामा के तपाईलाई सेक्स एलर्जी त भएको छैन ? बुझ्ने प्रयास गर्नुहोस् । यस्ता केही एलर्जिक रियाक्सनका बारेमा तल बताएका छौँ, जुन सेक्सपछि देखा पर्नसक्छ । 

चिलाउने – शारीरिक सम्बन्ध राखेपछि तुरुन्तै तपाईलाई आफ्नो गुप्तांगमा चिलाएको जस्तो अनुभव हुन्छ कि हुँदैन ध्यान दिनुहोस् । यदि यस्तो हुन्छ भने तपाईलाई यीस्ट इन्फेक्सन हुन सक्ने आशंका हुन्छ । यदि चिलाउने समस्या खाली सेक्सपछि नै हुन्छ र यसको अन्य कुनै कारण छैन भने, सम्झनुहोस् यसको कारण पार्टनरको वीर्य हो । 

पोल्ने – यदि सेक्सपछि, विशेषगरी पार्टनरको वीर्यस्खलनपछि तपाईको गुप्तांगमा असह्य पोल्ने हुन्छ भने तपाईले तुरुन्तै चिकित्सक कहाँ जाँच गर्न जानुपर्छ । तपाईलाई वीर्यसँग एलर्जी हुनसक्छ । 

अर्गाज्मले बनाउँछ बिरामी – यदि तपाई पुरुष हुनुहुन्छ र वीर्यस्खलनपछि तपाईलाई ज्वरो आउन थाल्छ, नाकबाट पानी बग्छ र टाउको दुख्ने हुन्छ अर्थात् फ्लुको जस्तो लक्षण देखा परेमा सम्झनुहोस्, तपाईलाई आफ्नै वीर्यसँग एलर्जी हुनसक्छ । यो निक्कै दुर्लभ प्रकारको स्थिति हो, जसलाई पोस्ट इलनेस सिन्ड्रोम भनिन्छ । 

कण्डमसँग एलर्जी – यदि कण्डम प्रयोग गरेपछि तपाईलाई चिलाउने वा पोल्ने हुन्छ भने, तपाईलाई ल्याटेक्स(प्राकृतिक रबर)सँग एलर्जी हुनसक्छ । कण्डम लेटेक्सबाट बनाइन्छ । यसको एउटा उपाय छ – तपाई लेटेक्सबाट बनेको कण्डमको प्रयोग नगर्नुहोस् । 

डाबर आउनु – कहिले काही तपाई सेक्सका लागि लुब्रिकेन्ट प्रयोग गर्नुहुन्छ भने त्यसका कारण पनि तपाईलाई एलर्जी हुनसक्छ । यदि यस्तो हो भने तपाई यी चीजलाई परिवर्तन गरेर हेर्नुहोस् । 

सुख्खापन – यदि तपाईलाई सेक्सपछि आफ्नो गुप्तांगमा सुख्खापन वा चिलाउने हुन्छ भने यसको कारण पनि लुब्रिकेन्ट हुनसक्छ । 

सुन्निने – यदि सेक्सपछि गुप्तांगमा सुन्निने समस्या हुन्छ भने यसका लागि कण्डमको लेटेक्स वा लुब्रिकेन्ट जिम्मेवार हुन्छ । यदि यी चीज परिवर्तन गरेर पनि समस्या हटेन भने चिकित्सक कहाँ तुरुन्तै जानुहोस् । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर