• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

युभेन्टस च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा, राेनाल्डाेकाे ह्याट्रिक

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिककाे मद्दतले युभेन्टसले एट्लेटिको म्याड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । गएराति भएकाे प्रिक्वाटरफाइनलकाे दाेस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ गाेलले युभेन्टसले एट्लेटिकाेलाइ पाखा लगायाे ।

पहिलो लेगमा २-० ले पछि रहेकाे युभेन्टसले घरेलु मैदानमा खेलकाे २७ औं मिनेटमा रोनाल्डोले हेडर गाेल मार्फत टिमका लागि पहिलाे गाेल गरे । ४८ औं मिनेटमा पुनः राेनाल्डाेले नै युभेन्टसका लागि गाेल गर्दै खेल २-० काे अवस्थामा पुर्याए । जसका कारण खेल समग्रमा २-२ का अवस्थामा पुग्याे ।

८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फल गरेपछि पाएकाे पेनाल्टीलाइ राेनाल्डाेले नै गाेल गर्दै ह्याट्रिक पुरा गरे । जसका कारण युभेन्टस च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न सफल भयाे । राेनाल्डाेका कारण एट्लेटिकाेले पहिलाे लेगकाे २-० गाेलकाे अग्रता खेर फाल्याे ।

अर्को खेलमा प्रिमियर लिग टिम म्यानचेस्टर सिटीले जर्मनीको साल्केलाई ७-० ले हरायाे । जसका कारण उसले समग्रमा १०-२ गाेलकाे को जित निकाल्दै अन्तिम ८ काे यात्रा तय गर्याे । सिटीकाे जितमा सर्जियाे अगुइराेले २ गाेल गर्दा साने, स्ट्रलिङ, बेर्नान्ड सिल्भा, फाेडेन र गाब्रियल जिससले एक एक गाेल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर