• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:00 pm

प्रतिवन्धपछि विप्लव समूहलाई कति फाइदा कति बेफाइदा

उजीर मगर/पत्रकार

विप्लव नेकपाको रणनीतिक योजना पछिल्लो पटक सफल भएको छ । विप्लवको चतुर्याईले “मूलधार राजनीति“ मा आफ्नो एजेन्डा ल्याई र्पुयाएको छ । पार्टीभित्र चर्किदैं गएको दुई लाइन संघर्षलाई व्यवस्थित गर्न सरकारको “प्रतिबन्ध लगाउने“ निर्णय विप्लवलाई सबै भन्दा फाइदा साबित हुने सिद्ध भइसकेको छ ।

पूर्व माओवादी समूहबाटै सरकारको निर्णयप्रति बढी असहमति प्रकट भएका छन् । यी असहमति अब, शहरिया “बुद्धिजीवी“हरूका मनमा पसे । जानि नजानि प्रतिपक्षहरू पनि त्यतै लहसिन्छन । आज बिहानदेखि बैधानिक रूपमा विप्लव माओवादीको एजेन्डा संचारमाध्यमा वहसको विषय बन्नेछ । वहसले सरकारको निर्णयप्रति नकारात्मकत र विप्लव माओवादीप्रति सकारात्मक सन्देश लैजानेतिर बढि केन्द्रित हुनेछ । सरकारले निर्णय किन गर्याे ? त्यो उसको बाध्यता हो । राज्यको उपस्थिति देखाउनु थियो । श्रृृंखलाबद्ध बम विष्फोटबाट सर्वसाधारण, जनधनको क्षति भएको छ । यसलाई रोक्न नसकेको भनि सरकारको आलोचना पनि उत्तिकै छ । 

यसबीचमा विप्लव माओवादीभित्र यतिबेला मतभेद देखिए पनि बैचारिक पक्षमा त्यति छैन । बरू, जताततै चन्दा आतंकले पार्टी बदनाम हुँदै जाने विषय नै मतभेदको मुख्य विषय केन्द्रित हुँदै गयो । केही नेताहरूबीचको मतभेद पैसा कसले बढी जम्मा पार्ने भन्ने मै छ । एनसेलबाट पैसा लिने विषयमा मध्य कमान्डका ईन्चार्ज हेमन्त प्रकाश ओली “सुदर्शन“ र प्रकाण्डबीच लामै टकराव चल्यो । वैदेशिक रोजगार संघलाई चार महिनाअघि दिएको पत्र फिर्ता लिएपछि अध्यक्ष रोहन गुरुङ आफूलाई असुरक्षित महसु गरी आफ्नो नीजि गाडी चढ्न समेत छोडेका थिए । यि सबै प्रकरणले पार्टी न बँच्ने देखिएपछि विप्लवको प्रत्यक्ष कमाण्डमा बम विष्फोट गराइएको छ । 

सुदर्शनलाई कमान्ड दिइराखिएको छ । तर, अप्ठ्यारो परिस्थिति सृजना गरिदिएपछि उपत्यकाबाट बाहिरिनु परेको छ । जसले चन्दा आतंकको बदनामीबाट पार्टी पनि जोगिने, सरकार विरूद्ध कार्यकर्तालाई र नेतृत्व केन्द्रिकृत गराउने रणनीतिमा विप्लव सफल देखिएका छन् ।

यता सरकार विप्लव माओवादीभित्र देखिएको आन्तरिक किचलोलाई चर्काएर कमजोर बनाउने रणनीतिमा देखिन्छ । प्रतिबन्ध लगाएपछिको अप्ठ्यारो परिस्थितिबाट विप्लव माओवादी शक्तिशाली बन्ने वा सकिने विषय विप्लवका भावि गतिविधि र सरकारको रबैयामा निर्भर देखिन्छ ।

(तस्वीर र बिचार फेसबुकबाट साभार)
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रमुख दल विनाको निर्वाचनबाट थाइल्याण्डले पाउला निकास ?

  • ९ चैत, २०७५

काठमाडौं । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई

आज रातभर निदाउन सकिन...

  • ५ चैत, २०७५

आज रातभर निदाउन सकिन। तिमीलाई जिउँदै आगो लगाएर हत्या गरेको दिन निदाउँ पनि कसरी ? त्यो दिन सम्झेर मनमा ज्वाला छुट्यो एकतमासले। सँगसँगै हातेमालो गर्दै

नेपाल भातमा चौकीदार आपूर्ति गर्ने देश हैन

  • ३ चैत, २०७५

यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नूस्- "चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ।" भारतको आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा