नवीन के भट्टराईको ‘जान्छु म’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक नवीन के भट्टराईको नयाँ गीति संग्रह ‘एनकेबी’ मा रहेको ‘जान्छु म’ बोलको गीत सार्वजनिक भएको छ । उनको यो गीत म्युजिक नेपाल को युट्यूव साथै , विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्वजनिक भएको हो।
गीतमा रोशन सुबेदी को शब्द रहेको छ भने संगीत संयोजन इमान बिक्रम शाह ले गरेका छन् । भिडियोमा नायक तथा मोडेल निराजन श्रेष्ठ को अभिनय रहेको छ भने उनलाई सुष्मा ले साथ् दिएकी छिन् । आबेश बज्राचार्य ले खिचेको यो भिडियो को सम्पादन सुशील न्यौपाने ले गरेका छन् । भिडियोको निर्देशन पासांग योञ्जन लामा ले गरेका छन ।
प्रतिकृया दिनुहोस