खजुरा बजारमा अत्याधुनिक बहुउद्देश्यीय सभागृह बन्दै 

बाँके । बाँकेको खजुरा बजारमा अत्याधुनिक बहुउद्देश्यीय सभागृह निर्माण हुने भएको छ ।

खजुरा गाउँपालिका र प्रदेश सरकारको लगानीमा निर्माण हुने अत्याधुनिक बहुउद्देश्यीय सभागृहको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । 

 सात करोड ४८ लाख लागतमा निर्माण हुने सभागृहका लागि गाउँपालिकाले एक करोड ४० लाख र प्रदेश सरकारले ६० लाख बजेट छुट्याइसकेको छ । गाउँपालिकाकाको वडा नं ३ बजार क्षेत्रमा निर्माण हुने सभागृह जिल्लाकै नमूना हुने गाउँपालिका अध्यक्ष कक्षपतिले बताए । राष्ट्रिय सभागृहको ढाँचामा आधुनिक भवन बनाउन लागेको उनको भनाइ छ । 

क्रमागतरूपमा निर्माण प्रक्रिया अगाडि बढाई आर्थिक वर्ष २०७७-७८ भित्र सक्ने लक्ष्यका साथ सभागृहको निर्माण प्रक्रिया अगाडि बढेको इञ्जिनीयर कञ्चन तिवारीले जानकारी दिए । उनका अनुसार सभागृहको भिआइपी हल ५०० जना क्षमताको बनाउन लागिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर