• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:30 pm

गण्डकी प्रदेशले सेनेटरी प्याड वितरण गर्ने

पर्वत । एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । 

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । 

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेका अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको हो । 

चैत १० गतेदेखि सुरु हुने एसइइ परीक्षामा पर्वतमा दुई हजार ८७४ विद्यार्थी सहभागी हुँदैछन । पर्वतमा तोकिएका १९ परीक्षा केन्द्रमा एक हजार ४३७ छात्र र एक हजार ४३७ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ पर्वतलाई १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ । 

चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए । 
सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै पाँच लाख रकम प्रदान गरेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

घरदैलोमा स्वास्थ्य शिविर सुरु

  • ९ चैत, २०७५

जाजरकोट ।  स्थानीय तहले सिंहदरबारको अधिकार गाउँ, गाउँमा पु¥याउने लक्ष्यअनुसार घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।  यसै क्रममा

 चमैता सरोकार समाजबाट एम्बुलेन्स सहयोग

  • ९ चैत, २०७५

मङ्गलबारे ।  इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा

उपल्लो डोल्पावासीमा ‘हेपाटाइटिस बी’ को समस्या

  • ७ चैत, २०७५

डोल्पा ।  हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ ।  डोल्पो बुद्ध गाउँपालिकाको