पूर्व राजा ज्ञानेन्द्रले मध्य तराईको भ्रमण गर्दै  

जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र शाह मध्य तराईको भ्रमणको क्रममा आज जनकपुरधाम जाने भएका छन् । 

मध्य तराईको विभिन्न धार्मिक स्थलमा पूजा अर्चनाका लागि पूर्व राजा ज्ञानेन्द्र जनकपुरधाम जान लागेका हुन् । उनी साँझ ६ बजेसम्म जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ । पूर्व राजा जनकपुरधामस्थित होटेल सीताशरणमा रात्री विश्राम गर्ने छन् । 

राति विश्राम पश्चात भोली बिहानै सर्लाहीको मलंगवामा रहेको दुर्गा मन्दिरमा पूजा अर्चना गने कार्यक्रम रहेको छ । चैत १ गते पूर्व राजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा पूजापाठ गर्नेछन् भने चैत २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने छन् । चैत ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा पुग्ने कार्यक्रम रहेको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर