स्मार्ट कृषि गाउँका लागि ५२ गाउँ छनौट
बुटवल । प्रदेश ५ सरकारले अगाडी सारेको उत्पादनमा सहयोग पु¥याउन स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रदेशका ५२ वटा गाउ छनौट कार्य सम्पन्न भएको छ ।
प्रदेश ५ का १२ जिल्लामा ५२ वटा गाउँ प्रदेश सांसदहरुको सिफारिसमा प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक अध्यान पछि छनौट गरेको हो । छनौट गाउँहरुमा आधुनिक तरिकाले कृषि गरी ती गाउलाई स्मार्ट कृषि गाउमा परिणत गर्ने लक्ष्य रहेको प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए ।
प्रदेश सरकारले वनानएको मापदण्डमा एउटा गाउमा कम्तीमा ५० घर हुनुपर्ने, तराइमा ५० विगाहा तथा पहाडमा २ सय ५० रोपनी जग्गा हुनुपर्ने गरी मापदण्ड बनाइएको र ती मापदण्ड पुरा भएका गाउहरु छनौट भएको वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताए ।
छनौट भएका गाउमा बढीमा २ वटा बाली तथा वस्तु (पशुपालन)लाई प्रथामिकतामा राख्नुपर्ने ब्यवस्था गरिएको छ । पशुपालन गरेपनि दुइ थरी र खेती गर्ने हो भने पनि २ वटा बालिलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने मापदण्ड रहेको छ ।
अन्य खेती तथा पशुपालन गर्न पनि पाइने तर दुइ वटालाई उच्च प्रथामिकता दिनुपर्ने सचिव देवकोटाले बताए ।
बजेट २६ करोड
एउटा गाउँलाई ५० लाख बजेट उपलब्ध गराउने गरी २६ वटा गाउँका लागि प्रदेश सरकारले २६ करोड बजेट छुट्टाएको छ । छनौट भएका गाउँका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरुले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने ब्यवस्था गरिएको छ ।
छनौट भएका गाउँहरुमा १० लाख थप गरेर कार्यक्रम बनाउन किसानहरु योजना निर्माणमा ब्यस्त रहेका छन् । यसवर्षका लागि २६ करोड बजेट छुट्टाएको प्रदेश सरकारले यो कार्यक्रम आगामी चार वर्षसम्म निरन्तरता दिने बताएको छ ।
स्मार्ट कृषि गाउ सुचना प्रविधियुक्त हुने
छनौट भएका कृषि गाउ लाई साच्चैकै स्मार्ट वनाउन त्यहा सुचनायुक्त तथा प्रविधियुक्त वनाउने तयारी प्रदेश सरकारको छ । जलवायु परिवर्तन सम्वन्धी सुचना उपलब्ध हुने सुचना केन्द्र त्यहा हुने तथा प्रविधि युक्त हुने देखि सिचाइ सुविधा पुगेको हुने छ ।
त्यस्तै माटोको गुणस्तर देखि बजारसम्मको ब्यवस्थामा समेत ध्यान दिइने छ । बजारीकरण गर्नका लागि संकलन केन्द्रहरु रहने गरी कार्यक्रम अगाडी बढाइएको छ । स्मार्ट कृषि गाउ कार्यक्रम रुपन्देहीको देवदह नगरपालिकाबाट शुभारम्भ गरिएको थियो । हाल छनौट भएका गाउँहरुमा यो कार्यक्रम सुरु गर्ने अभियान नै चलेको छ ।
प्रतिकृया दिनुहोस