• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

साफ महिला च्याम्पियनसीप : माल्दिभ्स विरुद्ध ६ गोल गर्दै भारत विजयी

विराटनगर । विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसीप २०१९ अन्तरगत बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई शून्यका विरुद्ध ६ गोलले पराजित गरेको छ । 
 
खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो । खेलको पहिलो हाफमा ५–० गोल अन्तर बनाएको भारतले दोश्रो हाफमा भने एक गोलमात्र गर्न सफल भयो । माल्दिभ्सले खेलको रणनीति परिवर्त गरेका कारण दोश्रो हाफ उसकालागि सन्तोषजनक हुनपुग्यो । 

खेल सुरु भएको ७  औं मिनेटमा भारतका जर्सि नम्बर ११ की ग्रेस दाङ्मेइले गोल गरेका थिए । गोलकिपर अगाडी बढेको मौकालाई सदुपयोग गर्दै ग्रेसले गोल गरेका हुन् । खेलको १३ औं मिनेटमा जर्सिनम्बर २ कि स्वीटीदेवी नगङबमले भारतकालागि दोश्रो गोल गरे । अर्को गोल २२ औं मिनेटमा भएको थियो । जर्सिनम्बर १२ कि इन्दुमती कथिरेसनले किपरको छेउबाट गरेको प्रहार गोलमा परिणत भएपछि भारतीय टिमले ३–० को अग्रता बनाएको थियो । खेलको २७ औैं मिनेटमा जर्सि नम्बर ८ की सन्जुले भारतकालागि चौथो गोल गरेका थिए । 

त्यस्तै पहिलो हाफको इन्जुरी टाइममा भारतकी जर्सिनम्बर ७ कि रतनबालादेवी नोन्गामाइथिमले अर्को पाँचौ गोल गरेका थिए । माल्दिभ्सले गरेको फाउलका विरुद्ध पाएको फ्रि किक प्रहार गर्दा गोल भएको थियो । 

दोस्रो हाफमा माल्दिभ्सविरुद्व निरन्तर दबाब बनाएको भारतले गोलका लागि अन्तिम समयसम्म पर्खनु पर्यो । खेलको ८९ आंै मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६–० को जित दिलाए । दोस्रो हाफको अधिकांश समय भारतले माल्दिभ्सको पोस्टमा निरन्तर आक्रमण गरेको थियो । 

माल्दिभ्सका प्रशिक्षक अथिफ महमदले आफ्ना मध्यक्रमका तीन जना खेलाडी घाइते भएको र नयाँ खेलाडीलाई आवश्यक प्रशिक्षण दिने समय नभएका कारण पराजय व्यहोर्नु परेको बताए । उनले खेलको दोश्रो हाफ सन्तोषजनक रहेको प्रतिकृया दिए । उनले आगामी खेलमा खेलाडीहरुले उत्कृष्ठ खेल्ने बताए । यस्तै भारतीय टीमका प्रशिक्षक मेमल नेडुगाडन रकीले  समग्रमा खेल उत्कृष्ठ खेलेको बताए ।

जितसंगै भारतले समुह बीमा ३ अंक जोडेको छ । भारतले आउँदो आइतबार आइतबार श्रीलंकासंग खेल्नेछ । भारतले अहिलेसम्म साफ अन्तरगत भएका १९ वटै खेलमा पराजयको सामना गर्नुपरेको छैन । सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससंग खेलेको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर