• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

च्याम्पीयन्स लिग : बार्सा भर्सेज लियोन,वार्यन भर्सेज लिभरपुल, काे पुग्ला टप ८ मा ?

एजेन्सी । युरोपियन च्याम्पीयन्स लिगमा आज राती २ खेल हुदैछन् । नेपाली समय अनुसार मध्यराति १ः४५ बजे हुने खेलमा स्पेनिस लिग लिडर बार्सिलोनाले फ्रेन्च क्लब लियोन को सामना गर्ने छ ।
अर्को खेलमा जर्मन जाईन्ट वार्यन म्यूनिखले ईङलिस रेड लिभरपुलको सामना गर्ने छ ।

बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

यो खेलका लागि बार्सिलोनाले लियोनलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यसअघि पहिलो लेगको खेल लियोनको घरमा भएको थियो, जुन ०–० गोलरहित बराबरीमा सकिएको थियो ।

सन् २०१५ यता च्याम्पियन्स लिग जित्न नसकेको बार्सिलोना यो सिजन हरहालतमा उपाधि जित्ने दौडमा छ । ठूला उपाधि जित्नकै लागि ट्रान्सफर मार्केटमा थुप्रै खेलाडी किनबेच गरेको बार्सिलोनाले आज लियोनविरुद्ध आफ्नो घरमा उत्कृष्ट टिम उतार्ने तयारी गरेको छ ।

आजको खेलमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टोलीका कप्तान लिओनल मेस्सी, लुइस स्वारेज, फिलिपे कोउटिन्होलगायत अधिकांश स्टार खेलाडीलाई रोजाइमा राख्नेछन् ।

बार्सिलोनाले ठूला प्रतियोगितामा अक्सर आफ्नो घरमा राम्रो नतिजा निकालेको इतिहास छ । आज पनि बार्सिलोनाले क्यामप नोउमा लियोनविरुद्ध यस्तै सहज नतिजाका निकाल्ने अनुमान गरिएको छ ।

तर, बार्सिलोनाको घरेलु मैदानमा उत्रिँदा लियोनले विश्वकै उत्कृक्ष्ट खेलाडीले भरिएको टोलीमाथि चर्को दबाब राख्नेछ । किनभने, उसले यसअघि आफ्नो घरमा उत्कृष्ट रक्षात्मक खेल खेलर बार्सिलोनालाई आफ्नो स्तर देखाइसकेको छ ।

आज आफ्नो घरमा हुने खेलबाट अन्तिम आठमा पुग्न बार्सिलोनालाई स्पष्ट गोलअन्तरमा जित आवश्यक पर्छ । पाहुना टोली लियोनका लागि आजको खेलमा गोलसहितको बराबरी नै काफी हुन्छ । बार्सिलोनाको घरमा लियोनले कम्तीमा १–१ को बराबरी गरे पनि ऊ बार्सिलोनालाई निराश पार्दै अन्तिम आठमा जानेछ ।

जर्मन क्लब बार्यन म्युनिख र इंग्लिस टोली लिभरपुलको रोचक भिडन्त हुँदैछ । यो खेलका लागि बार्यनले इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुललाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

यो सिजन च्याम्पियन्स लिगको उपाधि दौडमा रहेका दुइटै टोली आज एकले अर्कोलाई पन्छाएर अन्तिम आठमा प्रवेश गर्न चाहन्छन् । अन्तिम आठमा जान दुवै टिमलाई आज स्पष्ट नतिजाको आवश्यकता छ ।

यसअघि लिभरपुलको घरेलु मैदानमा भएको पहिलो लेगको खेल ०–० को बराबरीमा सकिएको थियो ।  

तुलनात्मक रूपमा आज घरेलु टोली बार्यन बढी दबाबमा हुनेछ । किनभने, आफ्नो घरमा घरेलु दर्शकबीच खेल्ने भए पनि लिभरभपुललाई स्पष्ट गोलअन्तरमा हराउन सक्नुपर्नेछ । अन्यथा, बराबरी नतिजाले ऊ आउट हुन्छ ।

यदि आज बार्यनको घरमा लिभरभपुलले कम्तीमा १ गोल वा सोभन्दा बढी गोल गरेर खेल बराबरीमा सकाए ऊ अवे गोलका आधारमा अन्तिम आठमा प्र्र्रवेश गर्नेछ ।

लिभरपुललाई अन्तिम आठमा जान बार्यनमाथि गोलसहितको बराबरी नै काफी हुनेछ भने बार्यनका लागि गोलअन्तरमा जित चाहिन्छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर