• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई झट्का, लिभरपुल संग ३–१ ले पराजित

बायर्न म्युनिखलाई ३–१ ले पराजित गर्दै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको दोस्रो लेगमा साडियो मानेले दुई गोल गरेपछि लिभरपुलले अन्तिम ८ को यात्रा पक्का गर्यो । पहिलो लेग गोलरहित बराबरी भएकोमा बायर्नको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले बाजी मार्यो । खेलको ३६ औं मिनेटमा भर्जिल भान डाईकको पासलाई सदुपयोग गर्दै मानेले अग्रता दिलाए ।

३९ औं मिनेटमा लिभरपुलका जोएल माटीपले आत्मघाती गोल गरेपछि बार्यनले खेल २–१ अवस्थामा पुर्यायो। पहिलो हाफमा २ गोलको अग्रता बनाएको लिभरपुलले ६९ औं मिनेटमा भान डाईकको गोलमा तीन शुन्यले अगाडी रह्यो । उनले जेम्स मिल्नरको कर्नरलाई  पोष्टको दिशा दिएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी हुँदा मानेले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्ल्यान्डका ४ टोली पुगेका छन् ।

सन् २००९ यता चार वटा टिम अन्तिम ८ मा पुगेको पहिलो पटक हो । यसपटक लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटेनहम अन्तिम ८ को यात्रा तय गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर