• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

साफ महिला च्याम्पियनसिप : भुटान र बंगलादेश विच प्रतिस्पर्धा हुदै

विराटनगर । साफ महिला च्याम्पियनसिपमा बिहिबार समुह ए अन्तर्गत भुटान र बंगलादेश विच प्रतिस्पर्धा हुदैछ । यो खेल यी दुई टिमका साथै नेपालका लागि पनि महत्वपुर्ण रहेको छ । आजको खेलमा यदि भुटान पराजित भएमा नेपाल एक खेल अगाडी नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालसँग तीन शुन्यले पराजित भएको भुटान टिम बंगलादेश विरुद्ध जितको लक्ष्यमा हुनेछ । तर बलियो टिम बंगलादेश विरुद्ध जित निकाल्दै उसलाई निकै कठिन जस्तो देखिएको छ । यता जारी प्रतियोगितामा बंगलादेश पहिलो खेल खेल्न लागेको हो । नेपाल विरुद्ध कम्तिमा आधा दर्जन गोल खान सक्ने अवस्थामा पनि तीन गोल मात्र खाएको भुटानको टिम परै युथ टिम रहेको छ ।

आज भुटानले हारेमा नेपालसँगै बंगलादेश सेमिफाइनलमा पुग्नेछन । जसका कारण शनिबार हुने नेपाल र बंगलादेश विचको खेल समुह विजेताका लागि भिडन्त हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर