• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कार्ल मार्क्सको १३६ औं स्मृति र मार्क्सवाद

सन् १८८३ को मार्च १४ अर्थात आजकै दिन कार्ल मार्क्सको निधन भएको थियो । सन् १८१८ को मे ५ मा जर्मनीको ट्रियर सहरमा जन्मिएका मार्क्सको ६५ बर्षको उमेरमा निधन भएको थियो । आज मार्क्सको मृत्यु भएको १३६ बर्ष पुरा भएको दिन हो । आज पनि दुनियाँ कि त माक्र्सको पक्षमा छ  कि त विपक्षमा छ । 

मार्क्स जन्मेको समय यूरोपमा सामनतावादी व्यवस्था विरुद्ध नयाँ खालको जागरण आएको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगीक क्रान्ति यूरोपमा विस्तारित भैरहेको थियो । मार्क्सबादका  प्रर्वधक कार्ल मार्क्सको जन्म मध्यम अायस्तर भएको यहुदी परिवारमा भएको थियो । उनका बुबा वकिल थिए । स्थानीय तहको शिक्षा सकेपछि मार्क्सले बोन विश्व विद्यालयमा  कानुन बिषयको अध्यन गरे । जर्मनीको बर्लिन विश्व विद्यालयमा अध्यन गर्दा उनी  त्यसबेला जर्मनका प्रसिद्ध दार्शनिक जर्ग विल्ह्मि फ्रेडरिक हेगेलका अनुयायी बने ।

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर  रेन्चे जाइतुङ नामक पत्रिका निकाले । मजदुर किसानमाथि गरेको अन्यायको बारेमा लेखेपछि सरकारले उक्त पत्रिका मात्र बन्द गराएन माक्र्सलाइ समेत जर्मर्नीबाट देश निकाला गरिदियो । त्यसपछि उनको निर्वासन जिवन शुरु भयो ।

सन् १८४४ मा मार्क्स र एगेल्स  १० दिनसंगै बसेर बुनो बुयरको  सेपरेसन अफ फिलोसोफिकल क्रिटिकको बिपक्षमा द होली फामेली लेखे । त्यस बेलादेखि जमेको मार्क्स र एंगेल्सको दोस्ती जिबनपर्यान्त रहिरहयो । आज पनि असल र सफल मित्रताको उदाहरण दिनु पर्दा मार्क्सकाे दिइन्छ ।   

एगेल्सकै मित्रतालाइ दिइन्छ । सन् १८४८ मा कार्ल मार्क्स र फेडरिक एंगेल्सले लेखेको कम्युनिस्ट घोषणा पत्र सार्वजनिक भयो । कम्युनिष्टहरुको बिचमा आज पनि त्यो रचना अति नै लोकप्रिय र कालजयी छ । कार्ल मार्क्स र एंगेल्स मिलेर कम्युनिष्टहरुको पहिलो अन्तराष्ट्रिय संंगठन निर्माण गरे ।

कार्ल मार्क्सले गोथा कार्यक्रम को आलोचना , दर्शनको दरिद्रता , लुइ बोनापार्टको अठारौ ब्रुमियर, अतिरिक्त मूल्यको सिद्दान्त  र पुँजी लगायतका कालजयी किताबहरु प्रकासित छन् । दर्शन, राजनैतिक अर्थशास्त्रको र बैज्ञानिक समाजबादका क्षेत्रमा माक्र्सका योगदान कालजयी छन ।
 

दर्शन
दर्शनमा कार्ल मार्क्सले एतिहासिक द्धन्दात्मक भौतिकबादी दर्शनको आबिस्कार गरे । त्यो भन्दा अगाडि हंगेलको द्धन्दबाद र फायरबाखको भौतिकबादको बोलबाला थियो । हंगेल द्धन्दबादी त थिए तर आदर्शबादी थिए भने फयरबाख चै भौतिकबादी त थिए तर द्धन्दबादी थिएनन् ।  

मार्क्सले एतिहासिक द्धन्दात्मक भौतिकबादको बिकास गरे । आज मार्क्सबाद नमान्ने पुँजीबादीहरु समेत माक्र्सको एतिहासिक  भौतिकबादलाइ मान्न बाध्य छन । मार्क्सको यो दर्शनले दुनियाँको द्धन्दात्मक भौतिकबादी दृष्टिले बुझन सिकाउदछ ।


राजनैतिक अर्थशास्त्र
यस क्षेत्रमा पुँजी निमार्ण र परचिालनको अवस्थाको गहिरो  अध्यन पछि मार्क्सले कसरी मजदुरबर्ग माथि पुँजपितिबर्गले शोषण गर्दछ । कसरी अतिरिक्त मुल्यको सृजना हुन्छ । श्रमशक्तिको कसरी दोहन हुन्छ र मजदुर तथा श्रमिक बर्गको मुक्ति कसरी संभव हुन्छ भन्ने कुरा उल्लेख गरे । निजी सम्पत्तीका ठाँउमा सामुहिक सम्पत्ती र सामुहिक उत्पादन प्रणलीको बिकल्प प्रस्तुत गरे ।


बैज्ञानिक समाजबाद
यस क्षेत्रमा मानब बिकासको ऐतिहासिक अवस्थाको अध्ययन गरी मार्क्सले मानव जातिको इतिहास बर्ग सघर्षको इतिहास भएको तथ्य उदघाटित गरे । श्रमजिवि बर्गले पुँजीबादी शोषणका बिरुद्द संघर्ष गरेर राज्य सत्ता हातमा लिएर समाजबाद हुदै साम्यबादमा जानुपर्ने कुरामा जोड दिए ।

सर्वहारा बर्गको हातमा राज्यसत्ता सर्बहाराबर्गको अधिनायकत्व हुदै बर्ग बिहिन राज्य बिहिनं अन्तराष्ट्रिय मानव जाति र मानवता सहितको पूर्ण स्वतन्त्र मानवको परिकल्पना  माक्र्सले गरेका छन । संसारलाइ बुझ्ने मात्र हैन  बदल्ने कुरामा मार्क्सको सधै जोड रह्यो ।

कार्ल मार्क्सको ब्यक्तिगत जिवन भने अभावमै बित्यो । मार्क्सले सन् १८४२ मा जेनी मार्क्ससँग प्रेम बिवाह गरेका हुन । उनका सात सन्तान थिए । मार्क्सलाइ जस्तोसुकै अभावमा पनि सम्पन्न परिवारमा जन्मिएकी जेनीले जिवनपर्यान्त सहयोग गरिन् । मार्क्सको परिवारले मानबजातिको मुक्तिकालागि आफ्नो सन्तान मर्दा कात्रो किन्न समेत पैसा नहुने अभाव समेत व्यहोरेको थियो । 

अाजकै दिन १३६ वर्षअघि उनकाे मृत्यु हुँदा समाधिस्थलमा एक दर्जन मात्र मलामी थिए । तर अहिले, विश्वकाे दुर्इ तिहार्इ जनसंख्या र भूगाेलमाथि उनकाे दर्शनले शासन गर्याे । अहिलेपनि दुनियाँ माक्सकाे पक्ष र विपक्षमा विवादित छन् । कराडाैं मान्छेहरू माक्सप्रति अाशशातित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर