• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

‘विप्लव समूहले मलाई मार्न एक नम्वर लिष्टमा राखेकोे छ रे’ : प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई संकेत गर्दै प्रचण्ड बन्न सजिलो नभएको बताएका छन् । 
पेरिसडाँडामा बिहिबार आयोजित सहिद तथा वेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कसैले चाहेर भै हाल्ने होइन, मैले पनि प्रचण्ड बन्छु भनेर हिडेको नै थिइन । जनताको काम गरेर हिड्छु भन्दा भन्दै जनताले मलाई प्रचण्ड बनाएको हो ।

अब फेरी त्यहि समयमा अर्को प्रचण्ड बन्दैन । यो इतिहासले कहि कतै दिएको छैन । उनले अगाडी थपे, साथीहरु नयाँ बाटो खोज्नुस् । प्रचण्डकै नक्कल गरेर प्रचण्ड हुन्छु भन्ने ठानेमा त्यो भ्रम हो । त्यो भ्रमले कहि पनि पुग्दैन । त्यो दुर्भाग्यपूर्ण परिणाम मात्रै पुग्छ ।’ 

प्रचण्डले भने, ‘पछिल्लो चरण मेरो कार्यालयको सचिव भएर बसेका विप्लवहरुले सरकारका तर्फबाट जानकारी गराइयो प्रचण्डलाई नै एक नम्वरमा मार्न पर्छ भनेर माइनोट गर्नुभएको छ रे । मलाई ती साथीहरु देख्दा दया माया लाग्छ । सोच्नुस राम्रोसँग भनेर मैले सुझाव पनि राखेको छु । यो ५२ साल होइन, ७५ साल हो,  नेपालमा राजतन्त्र छैन । परिस्थिती हेर्नु पर्दैन ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्य निरुपण तथा वेपत्ता आयोगले आफ्नो काम पूरा गरेपछि सहिद परिवारको सपना पनि पूरा हुने बताए । देशमा सहिद स्मारक बनाउने कुरामा पनि राजनीतिक तहमा सहमति भैसकेको उनको भनाई छ ।  

उनले राज्यले गर्ने काम ऐन कानुन अनुसार गर्ने भन्दै परिस्थिती अनुसार अगाडी बढ्न विप्लव नेतृत्वको माओवादीलाई सुझाव दिए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर