‘बाहुबली’का निर्देशक राजामौलीसँग काम गर्दै आलिया भट्ट

तस्बिर : वेभ

एजेन्सी । बलिउडका उत्कृष्ट अभिनेत्री मध्ये एक आलिया भट्ट चर्चित दक्षिण भारतीय फिल्म निर्माता तथा निर्देशक एसएस राजामौलीसँग काम गर्ने भएकी छिन् । 

भारतको सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’का निर्माता तथा निर्देशक राजमौलीको आगामी एक फिल्ममा हिन्दी सिनेमा उद्योगकी अभिनेत्री आलिया भट्टले साइन गरेको बताइएको छ । 

राजामौलीको फिल्म ‘रामा रावणा राज्यम’का लागि आलिया भट्टलाई मुख्य भूमिकामा साइन गराइएको हो । आलियाको फिल्म ‘राजी’लाई दक्षिण भारतमा निक्कै मन पराइएको थियो । 

त्यस्तै, हालै मात्रै प्रदर्शनमा आएको फिल्म ‘गल्ली ब्वाई’मा पनि आलियको भूमिकालाई निक्कै रुचाइएको थियो । साउथ फिल्मका उत्कृष्ट निर्देशक राजामौलीसँग काम गर्नु आलिया भट्टको लागि एक ठूलो अवसर हो । 

३ सय करोड लगानीमा बन्ने फिल्म ‘रामा रावणा राज्यम’मा साउथका चर्चित अभिनेता रामचरण र रामाराव जुनियर मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा अभिनेता अजय देवगनको पनि एक विशेष भूमिका रहने बताइएको छ । 

हैदरावादमा यस फिल्मको भव्य सेट बनाइनेछ । हालै फिल्मको शुभ मुहूर्त पनि हैदरावादमा नै गरिएको थियो । 

आलिया भट्टले एक बयानमा भनेकी छिन्, ‘राजामौली सरसँग काम गर्न पाउनु मेरो लागि ठूलो कुरा हो, साथै रामचरण र जुनियर एनटीआरसँग काम गर्न पाउनु सम्मानको कुरा हो । म निक्कै उत्साहित छु र साउथको फिल्ममा पहिलो पटक काम गरिरहेकी छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर