• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:35 pm

देशभर होली सुरु, बसन्तपूरमा ठड्याइयो चीर ! (फोटो फिचर )

काठमाडौं । बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । चीर ठड्याएसंगै काठमाडौं लगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको छ ।

बिहान ११ बजेर ५५ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको रंगीविरङगी होली चीर ठड्याइएको हो । यसवर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ ।

सरकारले होलीमा सार्वजनिक विदा समेत दिएको छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वेल्डिङको काम गर्ने प्रविनको ७ वर्षे परदेश अनुभव,मासिक २० हजार कमाइ

  • ११ चैत, २०७५

कुपण्डोलमा वेल्डिङ काम गर्दै गरेको अवस्थामा भेटिए प्रविन वडेल । जनकपुरबाट काठमाडौंमा आइ बसेका उनीसँग सात वर्षको विदेशमा काम गरेको अनुभव पनि छ ।

खादामा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं । खादामा प्रतिबन्ध लगाउने षड्यन्त्र भएको भन्दै बौद्ध भिक्षुहरु आन्दोलनमा उत्रिएका छन् । बौद्ध संस्कृति परम्पराको पवित्र खादाको विषयमा

यसरी दिदैँछन् परीक्षार्थी एसईई परीक्षा (फोटोफिचर)

  • १० चैत, २०७५

काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आजदेखि सुरु भएको छ ।  बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा आज पहिलो दिन