• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अफगानिस्तानको युद्ध अन्त्य गर्न अमेरिकी सांसदहरुको दवाव

वासिङ्टन । अमेरिकी संसदहरुले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न बुधबार दवाव दिएका छन् । अमेरिकाको आधुनिक इतिहासमा सबैभन्दा लामो अवधिसम्म चलेको मनिने अफगानिस्तान युद्ध झण्डै १८ वर्षदेखि जारी छ । 

‘अफगानिस्तानमा भइरहेको युद्ध चाँडै नै अन्त्य गरिनु पर्दछ । लडाइँ शुरु हुँदाताका जन्मिएका अमेरिकी बालबच्चा अहिले त्यही लडाइँमा होमिन योग्य हुन थालिसके’, एक जना रिपब्लिकन सांसद रान्ड पल र डेमोक्र्याटिक सांसद टोम उडालले अमेरिकी सञ्चार माध्यम दी एट्लान्टिकमा लेखेका थिए । 

उनीहरुले लेखेका छन्, ‘हामीले अमेरिकी जनताको आवाजलाई ध्यानपूर्वक सुन्नु पर्दछ । अमेरिकी जनता मध्यपूर्वमा जारी कहिल्यै नटुङ्गिने युद्धको पूरै विपक्षमा छन् ।’ 

उनीहरुले भनेका छन्, ‘अमेरिकी सेनाको निरन्तरको उपस्थितिले पनि अफगानी जनता र त्यहाँको केन्द्रीय सरकारलाई कुनै पनि हालतमा सक्षम तुल्याउन सक्दैन ।’ दुबै सांसदले गत साता एक वर्षभित्र अमेरिकी फौज अफगानिस्तानबाट फिर्ता गर्नेगरी अमेरिकी रक्षा मन्त्रालय समक्ष एउटा योजना तयार गर्न आग्रह गरेका थिए । 

मङ्गलबार कतारको राजधानी दोहामा जारी अमेरिका र अफगानिस्तनमा युद्धरत तालिबान पक्षबीचको वार्ता सकिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त वार्तामा ‘अर्थपूर्ण प्रगति’ भएको जनाएको छ । 

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गरेयता झण्डै दुई हजार ४०० अमेरिकी सेना मारिएका छन् । 

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघको मिसनको कार्यालयले पनि गत बर्ष सन् २०१८ मा दश हजार ९९३ जना मारिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर