• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चितवनको शहिदचोकमा शंकास्पद बस्तु भेटियो, सर्वसाधरण त्रसित 

फाइल तस्बिर

चितवन । चितवनको नारायणगढबजार लायन्सचोकमा शंकास्पद बस्तु फेला परेपछि बमको आशंकामा सुरक्षा टोली खटिएको छ । सडक पेटीको चौतारामा सेतो प्लाष्टिकले बेरेर बाहिर पट्टी थोरै तार निकालेको पोका फेला परेको हो ।

दिउँसो करिव पौने तिनबजेको समयमा मोटरसाईकलमा आएका दुईजना ब्यक्तिले शंकास्पद वस्तु छोडेर गएर स्थानियले बताएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक युवराज तिमिल्सिनाको कमाण्डमा प्रहरी खटिएको छ ।

शंकास्पद वस्तुलाई नष्ट गर्न सेनाको बम डिस्पोजल टोली आएको प्रहरी निरिक्षक तिमिल्सीनाले जानकारी  दिए । शंकास्पद बस्तु देखेपछी बाटो हिड्ने बटुवा  र सर्वसारधण त्रसित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर