• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सरकारले गर्यो विप्लव समूहलाई अपराधिक तथा विध्वसंकारी समूह घोषणा

काठमाडौं । नेपाल सरकारले विप्लव समूहलाई अपराधिक तथा विध्वसंकारी समूह घोषणा गरेको छ । 

पछिल्ला मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले भने–‘विप्लव भनेर चिनिने नेपाल कमयुनिष्ट पार्टीको नामबाट चिनिने समूहलाई अपराधिक तथा विश्वसंकारी समूह घोषणा गरेको छ ।’

विप्लव समूहको क्रियाकलापमा संलग्न हुनेलाई कानूनअनुसार कारबाही गर्ने निर्णय सरकारले गरेको उनले जानकारी गराए । गत फागुन १३, १५, १८ र १९ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय बिहीबार सार्वजनिक गरिएको हो ।

हरेक हप्ता सार्वजनिक हुने उक्त निर्णय विगत केही हप्तादेखि सार्वजनिक गरिएको थिएन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर