चितवनमा ठूलो परिणाममा घरेलु मदिरा नष्ट 

चितवन । चितवन प्रहरीले ठुलो परिणाममा घरेलु मदिरा नष्ट गरेको छ ।

एक लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । अप्रेसन ‘एक टोल एक घण्टा’ अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय टाँडीले एक साताको अवधिमा सो घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

फागुन २३ गते देखि २९ गते सम्म सो सञ्चालन गरेको अभियानका क्रममा पूर्वी चितवनको कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिका बाट सो परिमाणको मदिरा नष्ट गरिएको हो । अप्रेसनमा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवाली, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेब साउद, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्य, रत्ननगरका प्रहरी निरीक्षक उमेश अमात्य सहित दैनिक ६० जनाको प्रहरीहरु अप्रेसनमा खटिएका थिए ।

भण्डारा अन्तर्गत बरामद गरिएको मदिरा भण्डारामै, खैरहनीमा बरामद गरिएको मदिरा खैरहनीमै र रत्ननगर अन्तर्गत बरामद गरिएको मदिरा विहीवार रत्ननगरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक ज्ञवालीले जानकारी दिए । 

उनले हाल सम्मकै ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गर्न सफल भएको दावी गरे । प्रहरीको ७ दिने अभियान अन्तर्गत विभिन्न अबैध नदि जन्य पदार्थ ओसार पोसारमा संलग्न ११ वटा ट्रिपर र ट्याक्टरलाई कारबाही गरिएको छ ।

प्रहरीले जिल्लामा चलाएको थ्रि–एस अप्रेसन अन्तर्गत पूर्वी चितवन एक हप्ते अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुशीलसिंह राठौरले जानकारी दिए । पूर्वी चितवनमा प्रहरी सहित जिल्लाको समेत प्रहरी टोली सो अभियानमा खटिएको उनले बताए । यस्तै अभियान प्रहरीले निरन्तर जारी राख्ने उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर