• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

हातहतियार बुझाउन सरकारले दियो ३५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको गतिविधिलाई प्रतिवन्ध लगाएको बताएको छ । पछिल्ला मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको जानकारी दिइएको हो । 

सरकारका प्रवक्ता तथा सूचना तथा संचार, प्रविधि मन्त्री गोकुल बास्कोटाले यसअघि नै वार्ता टोली बनाएपनि अराजकता नरोकिएपछि सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारेका छन् । 

त्यस्तै, सककारले सर्वसाधरणसंग भएका हातहतियार सरकारलाई बुझाउन ३५ दिनृ अल्टिमेटम समेत दिएको छ । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने– ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ ।’

मन्त्री बास्कोटाका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर