• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 09:11 pm

निर्मला प्रकरण : प्रमाण नष्ट र निर्दोषलाई यातना दिएको आरोप लागेका ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको आरोप लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले बिहीबार दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी माग गरिएको छ ।  

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ । श्रेष्तेदार अवस्थीकाअनुसार उनीहरुले धरौटी बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन् । 

मुलुकी ऐनको नयाँ व्यवस्थाअनुसार ६ जना प्रहरीलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो । एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका थिएनन् ।

निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा कञ्चनपुरकी तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । तर, विष्ट र डीएसपी अंगुर जिसी फरार छन भने ६ जना पक्राउ परेका थिए । तर, अदालतमा मुद्दा चलिरहेकै बेला दूर्गादेवीले निवेदन फिर्ताका लागि आवेदन दिएकी थिइन ।

गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी बालिका पन्त भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उर्जामन्त्री पुनको निर्देशन : विगतमा जे भएपनि अबदेखि हचुवाको भरमा काम नगर्नुस्

  • १२ चैत, २०७५

काठमाडौं । उजा, जलश्रोत तथा सिंचाई मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ

कर्णालीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन : विकासका आयोजनाको विवरण बुझाउनुस्

  • १२ चैत, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई  सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का

राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • १२ चैत, २०७५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ