शेयर बजार उकालो लाग्ने क्रम जारी, आज पाँच अङ्कले बढ्यो

काठमाडौं । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ४ बिन्दुले बढेर एक हजार १५५ दशमलव ५० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ३६ बिन्दुले बढेर २४६ दशमलव १० बिन्दुमा पुगेको छ ।

बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ ।

सो उपसमूहको शेयर ० दशमलव २३ बिन्दुले घट्दा बैंकिङ ४ दशमलव ५९, होटल ४० दशमलव ०९, विकास बैंक २२ दशमलव ५४, जलविद्युत ४ दशमलव ६७, वित्त ५ दशमलव ०५, निर्जीवन बीमा २२ दशमलव ०८, अन्य २ दशमलव ३, लघुवित्त २ दशमलव ११ र जीवन बीमा ५ दशमलव ३७ बिन्दुले बढेको छ । 

स्टकका अनुसार तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ९ दशमलव ८८, युनाइटेड फाइनान्स ९ दशमलव ८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६ दशमलव ३८, सिनर्जी पावर डेभलपमेन्ट ४ दशमलव ९५ सानिमा इक्विटी फण्डका शेयरधनीले ४ दशमलव ९० प्रतिशतले कमाएका छन् । 

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६ दशमलव १२, नेपाल हाइड्रो डेभलपर्स ४ दशमलव ३७, एनआइबिएल समृद्धि फण्ड ४ दशमलव ३०, सिझि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ७७ बिन्दुले कमाएका छन् । 

कारोवारका आधारमा आज नेशनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक शेयर दुई करोड १० लाख ३४० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको एक करोड ९४ लाख ६२ हजार २८१, नेशनल लाइफ इन्स्योरेन्स एक करोड ५७ लाख ६८ हजार ८०१, माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको एक करोड ३६ लाख ६३ हजार ३२० बराबरको कारोवार भएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर