• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सीके राउत जी आउनुभयो, विप्लजी पनि आउनुभयो भने स्वागत हुन्छ : सरकार

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन आग्रह गरेको छ । सिंहदरबारमा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

पत्रकारले अव विप्लवसंग वार्ता कसरी हुन्छ भनेर सोधेको प्रश्नमा सरकार सधैं वार्ताबाट नै अघिबढ्न तयार रहेको जानकारी दिए । संगठित अपराध गरेकाले सरकारले विप्लव समूहमाथि प्रतिबन्ध गरेको उनको दाबी थियो । प्रचलित कानुनअनुसार नै प्रतिवन्ध लगाएको उनले बताए । संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको उनले बताए ।

सरकारले शतप्रयास गरेपनि विप्लवले सरकारलाई नटेरेको उनको आरोप थियो । सीके राउतलाई जोडेर जनअभिमतको विषय आएको छ यो त्यस्तो नभएको उनले बताए । ‘जनअभिमत भनेको लोकतन्त्रमा के हुन्छ ? निर्वाचन हन्छ । जनमत संग्रहको बारेमा किटान गरिएका विषय मात्र हुन्छ । एउटा फरक ढंगले हिँडेको दाबी गर्ने संस्थालाई मूलधारमा ल्याएको हो ।’

सीके राउतको बारेमा भन्दै उनले भने–‘सीके राउत जी आउनुभयो सरकारले स्वागत गर्यो । भोली विप्लपजी पनि आउनुभयो भने सरकारले स्वागत गर्छ ।

‘लोकतन्त्रको छनौट लोकतन्त्र मात्रै हो यसको विकल्प छैन् । उहाँहरुले क्रान्तिलाई धोका दिएको भनेर भन्नुहुन्छ । कसैले कसैलाई धोका दिएको छैन् । हामीले पनि दिएका छैनौं ।’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर