• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

किमको सौतिनी दाईको हत्या आरोपी भियतनामकी महिला रिहा नहुने

तस्विर : एफपी

शाहअलाम । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् । 

भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् । 

उही मुद्धामा उनीसँगै थुनामा रहेकी अर्की इन्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भएपनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो । 

आफुलाई रिहा नगर्ने अदालतको घोषणापछि ती महिलाको मुद्धाले निरन्तरता पाउने भएको छ । 

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा ‘भिएक्स नर्भ एजेन्ट’ भनिने विषालु पदार्थ दलिदिएको आरोपमा हौङ र अर्की इन्डोनेसियाकी महिला सिती अल्स्यानलाई थुनामा राखिएको थियो । 

अदालतको निर्णय सुनेपछि अदालत परिसारमा रुँदै हौङ्ले भने, ‘म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन, मेरोलागि मेरो परिवारले प्रार्थना गरिदिउन् ।’ 

इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरूले एउटा टीभी कार्यक्रमका लागि आफूहरू त्यहाँ गएको दावी गरेका छन् । 

मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उनको मृत्यु भएको थियो । 

क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृश्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिला गएको देखिएको छ । त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर