सिके सम्झौता र विप्लव प्रतिवन्ध प्रकरण : ‘सस्थागत निर्णय हुन छाड्दा सरकार चुक्दै गयो’

बुटवल । सरकारले चालेका पछिल्ला दुइ वटा कदमलाई बुटवलमा आलोचना गरिएको छ । 

स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतसंग गरेको संझौता राष्ट्रघाती रहेको तथा विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु हतारको निर्णय भएकोे टिप्पणी एक कार्यक्रममा गरिएको छ ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले गरेको कार्यक्रममा बक्ताहरुले सरकारले समस्या निम्ताउनुभन्दा हल गर्नु तर्फ काम थाल्नुपर्ने सुझाव दिएका छन् । सरकारले सस्थागत निर्णय नगर्नुका परिणाम निर्णयहरु विवादमा पर्न थालेको भन्दै सरकार गंभिर तथा जिम्मेवार हुनुपर्ने उनीहरुले बताएका छन् । 

राजनीतिक विश्लेषक तथा लेखक  दिल साहनीले बिप्लवको नेकपालाइ सरकारले पहिले नै प्रतिवन्ध लगाएको भन्दै घोषणा मात्र अहिले भएको दाबि गरे । ‘प्रतिवन्ध लगाउनै आवश्यक थिएन ,सिके राउत संगको सम्झौतालाई डाइभट गर्न विप्लप समूहलाई प्रतिवन्ध लगाएको हो ।’

पार्टीको सस्थागत निर्णय नगरी तथा विभिन्न पक्षसग सल्लाह सुझाव नलिइ हचुवाको भरमा सरकारले आत्मघाती निर्णय गरेको भन्दै उनले शान्तिपूर्ण गतिविधी गर्न समेत रोक लगाउन नहुने बताए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा पूर्वसभासद विनोद पहाडीले पार्टी पत्ति.मा छलफल नभइ हुने यस प्रकारका निर्णयहरुले दीर्घकालिन रुपमा मुलुकलाई घाटा हुने भन्दै यस किसिमका निर्णयहरु फिर्ता हुनुपर्ने बताए । नेपाली भुमि प्रयोग गरेर फ्रि तिब्बतलाई बल पुग्ने किसिमका खेलहरु समेत हुन थालेको भन्दै यस तर्फ सचेत हुनुपर्ने धारणा पनि उनले राखे ।

भारतमा निर्वाचनको घोषणा हुदा सिके राउतसंग नेपालमा सम्झौता भयो र नेकपालाई प्रतिवन्ध लगाइयो यो संयोग मात्र नभएको पहाडीको भनाइ छ । विप्लव नेकपालाई लगाएको प्रतिवन्ध तुरुन्त फिर्ता नलिए देश द्वन्द्वमा जाने खतरा छ’ उनले भने ।

प्राध्यापक संघका केन्द्रिय महासचिव प्रा.डा.बुद्धबहादुर थापाले  सरकारले गरेका दुवै निर्णय अपरिपक्क र अदुरदर्शी भएको जिकिर गरे । ‘सरकारले हचुवाका भरमा निणय गर्नु हुदैनथ्यो ,संझौताले देश भित्रका कैयन समस्याहरु स्वतः ओझेलमा पारको छ । ’ गम्भिर विषयहरुमा सहमती गर्दा राजनीतिक दल, द्धन्द्ध विषेशज्ञ संग छलफल गरेर जानुपर्ने उनको सुझाव छ ।

थापाले बिप्लवका सन्दर्भमा सरकारले शान्तिपूर्ण बार्ताको वाताबरण बनाउनुपर्ने बताए र विप्लबले पनि शान्तिपूर्ण रुपमा निकास खोज्नुपर्ने बताए । 

पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति तथा काग्रेसका क्षेत्र न २ का क्षेत्रीय सभापति हरि लम्सालले  सिके राउतलाई प्रतिवन्ध लगाउनुपर्नेमा सरकारले उल्टो काम गरेको बताए । उनले विप्लबलाई लगाएको प्रतिवन्ध फुकुवा गरेर वार्ताबाटै निकास खोज्न सुझाव समेत दिए । प्राध्यापक बसन्तराज खनालले सरकारले सस्थागत निर्णय नगरी हतारमा निर्णय गर्ने गरेको भन्दै आलोचना गरे । 

रुपन्देही व्यापार संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले सरकारले उद्योग व्यवसाय निर्वाद रुपमा संचालन हुने वातावरण बनाउनुपर्ने  बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर