• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

काठमाडौँको कलङ्कीमा आगलागीबाट छ लाख क्षति

काठमाडौं । काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु छ लाखको क्षति भएको छ । 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडाैं महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो । आगलागीबाट रु पाँच लाख ९८ हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ग्यास चुहिएर आगलागी भएको र दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर