• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 10:26 pm

क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने

काठमाडठौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये २० वटा क्याम्पसको क्याम्पस प्रमुख महिला प्राध्यापक हुनुपर्ने माग गरेका हुन् । 

प्रा मनसा थापा ठकुरीले संविधानमा उल्लेख गरिएको राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागितालाई कार्यान्वयन गर्दै विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पनि प्रमुखमा महिला हुनुपर्नेमा जोड दिए ।

प्राध्यापक सङ्घ (पद्ममकन्या क्याम्पस) का सदस्य कल्पना श्रेष्ठले विश्वविद्यालयअन्तर्गतका क्याम्पसको प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक राख्नुपर्ने माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै गुनासो गरे ।

एक महीनादेखि क्याम्पस प्रमुखको पद खाली भएको पद्ममकन्या क्याम्पसका प्राध्यापकले सो पदमा महिला प्राध्यापक हुनुपर्ने माग गर्दै सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । प्रा विमला नेपालले क्याम्पस प्रमुखमा महिला प्राध्यापक सुनिश्चित गर्नका लागि महिला प्राध्यापकले नै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण सम्पन्न

  • ७ जेठ, २०७६

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको ३ किलोमिटर रनवे निर्माण सम्पन्न भएको बताइएको छ

किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

  • ७ जेठ, २०७६

रुकुमपश्चिम । त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ ।  गाउँपालिकाले

‘नयाँ कानूहरुप्रति पत्रकार चनाखो हुनुपर्ने’

  • ७ जेठ, २०७६

बुटवल । तीनै तहका सरकारहरुले कानून बनाउने अभ्यास भइरहेका बेला नयाँ कानूूनहरु आम जनताको हितमा भए नभएको बारे पत्रकारहरु चनाखो हुुनुपर्ने