• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:00 pm

वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले रु एक दरको न्यूनतम छ लाख र रु दुई दरको १२ लाख सिक्का उपलब्ध गराउने भएको हो । 

धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । 

आम नागरिकको मागबमोजिम सहजरुपमा सिक्का उपलब्ध गराउने दायित्व केन्द्रीय बैंकको दायित्व भएकाले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

बैंकका अनुसार कूल २८ वटा वाणिज्य बैंकले आगामी चैत ३ गतेदेखि आगामी वैशाख १६ गतेसम्म वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । बैंकिङ कारोवार गर्ने समयभित्र सर्वसाधारणलाई सिक्का बिक्रीको व्यवस्था गर्ने निर्णय गरिएको र काठमाडौँ उपत्यकाभित्र रहेका आफ्ना शाखामार्फत सिक्का बिक्रीको व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भैरहवा भन्सारमा स्वचालित प्रणाली

  • १२ चैत, २०७५

लुम्बिनी । भैरहवा भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा स्वचालित प्रविधिमार्फत सवारीसाधनको जाँच गर्ने प्रणाली लागू भएको छ । नयाँ सफट्वेयरमार्फत

जनकपुरमा दुई कर्मचाी घुस लिँदालिँदै पक्राउ

  • १२ चैत, २०७५

जनकपुरधाम । राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत दुई कर्मचारी घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् । वरिष्ठ पशु

पुनर्निर्माणमा खटिएका प्राविधिकहरुद्वारा आन्दोलन स्थगित  

  • १२ चैत, २०७५

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन् । नेपाल