• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 07:59 pm

विश्व मिर्गौला दिवसको अवसर पारेर हेमोडाइलाइसिस सेवा सुरु

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । विश्व मिर्गौला दिवसको अवसर पारेर बिहीबार हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरिएको हो । लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउण्डेश ललितपुर र रोटरी क्लव अफ पाल्पाको संयुक्त पहलमा मिर्गौला डाइलाइसिस सेवा संचालन गरिएका कलेज संचालक समितिका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी दिए । 

विभिन्न अस्पतालमा नियमित रूपमा डाइलाइसिस सेवा लिइरहेका नियमित बिरामीहरूले आवश्यक प्रक्रिया पुरा गरीे निःशुल्क डाइलाइसिस सेवा पाउने मेडिकल कलेजले जनाएको छ । एक करोडको लागतमा संचालन गरिएको हेमोडाइलाइसिस सेवाको लागि अष्ट्रेलियन राजदूतावासबाट तीनवटा मेशिन उपलब्ध भएको अध्यक्ष पोखरेलले बताए । 

हेमोडाइलाइसिस सेवाको विस्तार सुरु भएसंगै पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वतलगायत जिल्लाका बिरामीहरुलाईसमेत सहज र कम खर्चमा सेवा पाउने भएका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भैरहवा भन्सारमा स्वचालित प्रणाली

  • १२ चैत, २०७५

लुम्बिनी । भैरहवा भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा स्वचालित प्रविधिमार्फत सवारीसाधनको जाँच गर्ने प्रणाली लागू भएको छ । नयाँ सफट्वेयरमार्फत

जनकपुरमा दुई कर्मचाी घुस लिँदालिँदै पक्राउ

  • १२ चैत, २०७५

जनकपुरधाम । राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत दुई कर्मचारी घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् । वरिष्ठ पशु

पुनर्निर्माणमा खटिएका प्राविधिकहरुद्वारा आन्दोलन स्थगित  

  • १२ चैत, २०७५

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन् । नेपाल