• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्व मिर्गौला दिवसको अवसर पारेर हेमोडाइलाइसिस सेवा सुरु

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । विश्व मिर्गौला दिवसको अवसर पारेर बिहीबार हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरिएको हो । लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउण्डेश ललितपुर र रोटरी क्लव अफ पाल्पाको संयुक्त पहलमा मिर्गौला डाइलाइसिस सेवा संचालन गरिएका कलेज संचालक समितिका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी दिए । 

विभिन्न अस्पतालमा नियमित रूपमा डाइलाइसिस सेवा लिइरहेका नियमित बिरामीहरूले आवश्यक प्रक्रिया पुरा गरीे निःशुल्क डाइलाइसिस सेवा पाउने मेडिकल कलेजले जनाएको छ । एक करोडको लागतमा संचालन गरिएको हेमोडाइलाइसिस सेवाको लागि अष्ट्रेलियन राजदूतावासबाट तीनवटा मेशिन उपलब्ध भएको अध्यक्ष पोखरेलले बताए । 

हेमोडाइलाइसिस सेवाको विस्तार सुरु भएसंगै पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वतलगायत जिल्लाका बिरामीहरुलाईसमेत सहज र कम खर्चमा सेवा पाउने भएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर