• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गैर–आवासीय नेपाली संघको निर्वाचनका लागि तात्यो पोर्चुगल

समिर सुवेदी/लिस्वोन । गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति अलगाव’को नयाँ कार्यसमित चयनका लागि आगामी मार्च १७मा आलुफेरामा निर्वाचन हुने भएको छ । 

सन् २०१९–२०२१सम्मको कार्यकालका लागि सर्वसम्मत समिति चयन हुन नसके पछि उक्त दिन निर्वाचनको मिति तय भएको निर्वाचन समितिका सदस्य अर्जुन पुरीले जानकारी दिएका छन् ।

वर्तमान अध्यक्ष अनिल कुमार शर्मा र वर्तमान महासचिव निरञ्जन सेढाईबीच अध्यक्ष पदका लागि हुने चुनावको माहोल तातेको छ भने महासचिव र कोषाध्यक्ष पदका लागि भने क्रमशः समाजसेवी केशव न्यौपाने र सञ्जिव श्रेष्ठ निर्विरोध चयन हुने पक्कापक्की भएको छ ।

यस्तै, उपाध्यक्षका लागि क्रमशः मोहन पाण्डे, रामचन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, देवेन्द्र पुन मगर तथा सचिवका लागी सन्दीप अर्याल, कमल थापा र अस्त मान द्वारेलगायतले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा नबिन खनाल, मनिष राज थापा, रेख राज गुरुङ, कृष्ण प्रसाद अधिकारी, हेम कला गुरुङ, घनश्याम तिमिल्सिना र बिनोद बुढाथोकी लगायत ले आफ्नो उम्मेद्वारी दिएको निर्वाचन संयोजक सरद चन्द्र साहीले जानकारी दिए ।

निर्वाचन विहान ९देखि साँझ ५ बजेसम्म हुने र निर्वाचनमा सात सय ४१ मतदाताले मतदान गर्ने बताइएको छ । त्यस्तै, मतदानका लागि ७देखि १० वटासम्म वुथ रहने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर