• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

भारत–पाकिस्तानका प्रतिनिधिमण्डलबीच बैठक सुरू

नयाँदिल्ली । भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ ।

करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाँउ दुवै देशको सिमानामा पर्दछ । 

स्थानीय एक सरकारी अधिकारीले भने करतारपुर करिडोर सम्वन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिहरुको बैठक अत्तारीमा सुरु भएको हो । 

दुवै पक्षका प्रतिनिधिहरु वार्ताका लागि बुधबार बेलुका नै स्थानीय अमृतसार भन्ने ठाउँमा पुगेका थिए । 

‘करतारपुर करिडोर बनाउने सपना पुरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यही अनुसार छलफल हुनेछ,’ विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भने । 

शिख धर्म मान्नेहरुका गुरु नानक देवको ५५०औ जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम सुरु गर्ने उद्धेश्यले बैठक सुरु भएको अधिकारीहरुले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर