• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

नोबेल शान्ति पुरस्कारको मनोनयन सूचीमा स्वीडेनकी किशोरी !

एजेन्सी । स्वीडेनकी १६ वर्षीया एक स्कूले किशोरी यस वर्षको नोबल शान्ति पुरस्कारको मनोनयनमा परेकी छिन् । स्वीडेनमा ‘ग्लोबल वार्मिङ’ तथा जलवायु परिवर्तन सम्बन्धी अभियान्ता ग्रेटा थन्वर्ग नामक किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेकी छिन् । 

उनलाई नर्वेका तीन जना सांसदले मानोनित गरेका हुन् । ग्रेटाले सुरु गरेको ‘फ्राइडे फर द फ्युचर’ नामक अभियन अन्तरगत शुक्रबार हजारौँ स्कुले विद्यार्थीले विश्वका एक सय बढी देशमा जलवायु परिवर्तन विरुद्ध प्रदर्शन गरिएको छ ।

ग्रेटाले ट्विटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् । उनले गत वर्षको अगष्टमा स्वीडेनको सांसद अगाडि पहिलोपटक आफ्नो समुहसहित प्रदर्शन गरेकी थिइन् । त्यसयता उनले हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।

गत डिसेम्बरमा पोल्यान्डमा आयोजित राष्ट्रसंघीय जलवायू वार्तामा सम्वोधन गर्ने मौका पाएपछि उनीप्रति विश्व समुदायको ध्यानाकृष्ट भएको थियो । यसैगरी जनवरीमा उनले डाभोसमा आयोजित वल्र्ड ईकोनोमिक फोरममा पनि सम्वोधन गरिन् ।

नोबेल शान्ति पुरस्कारका लागि राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अफिसियल, प्राज्ञ तथा विगतका विजेताहरुले सम्भावित व्यक्तिहरुको मनोनयन गर्न सक्छन् । यो पुरस्कार आगामी अक्टोबरमा घोषणा गरिने छ भने डिसेम्बरमा प्रदान गरिने छ । नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कार वितरण गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर