• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै छन् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै भएको दावी गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । 

उनले भने ‘केही दिनअघि प्रधानमन्त्रीले विप्लव माओवादीलाई लुटेराहरुको संस्था हो भन्नुभयो । यसबारेमा सरकारमा बसेको तपाईलाई धेरै सूचना होला’ उनले भने ‘विप्लव कति लुटेरा हुन् होइन तपाई जान्नुस् । तर वाइडबडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुनकाण्डका वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै छन् । सक्नुहुन्छ भने यिनीहरुलाई प्रतिबन्ध लगाउनुस् ।’

सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको ऐजेण्डा नछाड्ने बताएका छन् । साथै, उनले काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प समेत गरेका छन् । उनले  आफ्ुनो पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका थिए ।

‘म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने ।

विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति दुख व्यक्त गर्दै उनले भने–‘म दुख प्रकट गर्दै क्षमा याचना गर्न चाहन्छु ।’ वाइड बडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुन तस्करीजस्ता काण्ड राज्यकै संरक्षणमा भइरहेको थापाले आरोप लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर