कविता : मैले जन्माएको पुरुष !
एउटा निरुत्तर प्रश्न
कञ्चनपुर र काभ्रेबाट
केबल ६।७ घण्टामा
एकैपटक
ह्ृदयविदारक समाचारले
मनमुटुकाम्यो थरर्र
फुल्दै गरेको कोपिला
हठात !बनेदानवको शिकार
अनि गरे मृत्युवरण
कोही रक्त पिपासुको क्षणभरको
उत्तेजना र सम्वेगको उन्मादमा।
आमाको रुपमाप्रसवमा
कतिदुःख र पीडाको चिच्याहटमा
धर्तिपुत्रको रुपमाजन्मदा
हर्षविभोरको बढाइमा
खुशीले मुस्कुराइन् र फिस्स हासिन्
महान पुरुषको जन्ममा ।
तर आजतिनै आमा रुदैँ भन्छिन्
हामीले कस्तापुरुष जन्माएछौं ?
पुत्रजन्माएँभनेर
अनन्तखुशीमा
आफ्ना सबै पीडा र प्रसव बिर्सेको
केहीपलनबित्दै
छोरीको मृत्युको खबर
अस्मिता र इज्जत
आफ्नै रक्तबीजबाट
लुटिएको आफ्नै आँखाअघि
बाँचेर मैले कसरी टुलुटुलु हेर्नु
धिक्कार छ म आमालाई
हामीमहिलाले आफैमाथि
बलात्कार गर्ने
शोषण गर्ने
कस्तो पुरुष जन्माएछौं ?
कस्तो छोरा जन्माएछौं ?
प्रतिकृया दिनुहोस