• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अमेरिकामा एक महिलाले एकै पटकमा ६ बच्चालाई जन्म दिइन् !

एजेन्सी । तपाईले एउटी महिलाले एक पटकमा चार वटासम्म बच्चा जन्माएको सुन्नु भएको होला, तर अमेरिकामा एक महिलाले एकै पटकमा छ वटा सन्तान जन्माएकी छिन् भनेको सुन्दा अचम्ममा पर्नुहोला । 

अमेरिकाको टेक्सासस्थित हउस्टोनको महिला अस्पतालका अनुसार, एक महिलाले ६ सन्तानलाई जन्म दिएकी छिन् । यस्तो मामिला विश्वमा ४.७ अर्बमा एक महिलाले ६ बच्चा जन्म दिन सक्ने हुन्छ । 

‘द वुमेन्स हस्पिटल अफ टेक्सास’मा थेलमा चेका नामक महिलाले शुक्रबार स्थानीय समय अनुसार, बिहान ४ः५० मिनेटदेखि ४ः५९ मिनेटको बीचमा चार छोरा र दुई छोरीको जन्म दिएको अस्पतालले जनाएको छ । 

अस्पतालको बयान अनुसार, बच्चाहरुको तौल एक पाउन्ड १२ औसदेखि दुई पाउन्ड बीच छ । उनीहरुको अवस्था स्थिर रहेको र उनीहरुलाई अस्पतालको नवजात हेरचार इकाईमा राखिएको अस्पतालले जनाएको छ । 

थेलमाले आफ्ना दुई छोरीको नाम जीना र जुरिइल राखेकी छिन् । उनले आफ्ना चार छोराको नाम भने अहिले नै नराखेको बताइएको छ । त्यस्तै, थेलमा स्वस्थ्य छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर