• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रिमियर लिगमा चेल्सीको सातौं हार, एभर्टनसँग २–० ले पराजित 

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीएभर्टनसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग दुई शुन्यले पराजित भएको हो । एभर्टनको मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफ घरेलु टिमलाई दबावमा राखेको थियो । जसमा उसले दुई वटा उत्कृष्ट मौकाको सदुपयोग गर्न सकेन ।

एकपटक इडेन हाजार्डको प्रहार विफल भयो भने अर्को पटक पेद्रोले पाएको मौकालाई खेर फाले । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चेल्सी गोलका लागि संघर्ष गरिरहदा एभर्टनले दुई गोल गर्यो । खेलको ४९ औं मिनेटमा रिचारलिसनले गोल गर्दै घरेलु टिमलाई एक शुन्यले अगाडी राखे ।

त्यसपछि ७१ औं मिनेटमा तिनै रिचारलिसनलाई मार्को अलान्सोले डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई गिल्फी र्सिगुडसनले गोलमा परिणत गरे । जसका कारण उसले खेलमा दुुई शुन्यले अग्रता बनायो । त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र पराजित भयो । जारी लिगमा चेल्सीको यो सातौं हार हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर