• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

रोड्रिगेजको ह्याट्रिक, वायर्न शीर्ष स्थानमा

एजेन्सी । साबिकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

आइतबार राति भएको खेलमा मैन्जलाई ६–० गोलको फराकिलो जित निकाल्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा मैन्जको पोष्टमा आधा दर्जन गोल गर्ने क्रममा वायर्नका जेम्स रोड्रिगेजले ह्याट्रिक गरे । यस्तै रोबर्टो लेवान्डोस्की, कोम्यान किंग्सले र अल्फान्सो डेभिसले एक एक गोल गरे ।

खेलमा वायर्नले तेस्रो मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । ३३ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै अग्रता २–० को बनाए । ३९ औं मिनेटमा कोम्यानले गोल गर्दै वायर्नको अग्रता ३–० को बनाए । खेलको ५१ औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता ४–० को बनाए ।

त्यसको चार मिनेट पछि रोड्रिगेजले गोल गर्दै ह्याट्रिक पुरा गर्दा वायर्न ५–० ले अघि रह्यो । त्यसपछि खेलको ७० औं मिनेटमा डेभिसले गोलगरेपछि वायर्नले ६–० को जित निकाल्यो । जितसंगै शीर्ष स्थानमा फर्किएको वायर्नले २६ खेलबाट ६० अंक जोडेको छ । र, दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई गोल अन्तरमा पछि बनाएर वायर्न शीर्ष स्थानमा उक्लिएको छ । डर्टमण्डको पनि समान खेलबाट समान ६० अंक छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर