सेयर बजार ७ अंकले घट्यो

काठमाडौं । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव ४७ विन्दुले घटेर एक हजार १ सय ५३ दशमलव ९८ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ६२ विन्दुले घटेर २ सय ४५ दशमलव ५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता सेयर ३६ करोड ७ लाख ९ हजार ७८० मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयर बढेको छ । आठ उपसमुहको सेयर ओरालो लागेको छ । स्टकका अनुसार वित्त ४ दशमलव ३८ र उत्पादन उपसमूह ७ दशमलव ६६ विन्दुले बढेको छ । 

यस्तै बैंकिङ ६.३७, होटल ७.१४, विकास बैंक ६.१९, जलविद्युत् १४.३९, निर्जीवन बीमा ६०.४६, अन्य ०.६४, लघुवित्त १०.६८ र जीवन बीमा ७६.५३ विन्दुले घटेको छ । लगानीकर्ता ग्लोबल आइएमई बैंकको संस्थापक शेयरतर्फ आकर्षित हुँदा आज सो बैंकको ६ करोड ३९ लाख १० हजार ५७२ मूल्य बराबरको कारोवार भएको छ । 

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एक करोड ४७ लाख १४ हजार ८४६, एभरेष्ट बैंकको रु एक करोड २४ लाख ३२ हजार ५३१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७६ हजार ८११ बराबरको कारोवार भएको छ । 

स्टकका अनुसार युनाइटेड फाइनान्सका सेयरधनीले ८ दशमलव ७२ प्रतिशतले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका सेयरधनीले ७.१४, आशा लघुवित्त वित्तीय संस्था ४.९८, सिन्धु विकास बैंक ४.५५, श्रीराम सुगर मिल ४.५२ प्रतिशतले कमाएका छन् । 

यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले ५.१६, खानीखोला हाइड्रो पावर कम्पनी ४.८७, रैराङ हाइड्रो पावर ३.८०, अपि पावर कम्पनीका सेयरुधनीले ३.५९ प्रतिशतले गुमाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर