अन्ततः सीके राउत मूलधारकै राजनीतिमा, पार्टीको नाम जनमत पार्टी राखे

जनकपुरधाम । सरकारसंग सम्झौता गरेको दुई साता पछि सीके राउत मूलधारकै राजनीतिमा होमिएका छन् । देश टुक्र्याएर छुट्टै मधेश बनाउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धन’का नेता सीके राउतले आफ्नो पार्टीलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने आधिकारिक निर्णय गराएका हुन् । उनको शान्तिपूर्ण राजनीतिमा प्रवेश सगैं पार्टीको नाम समेत फेरेर जनमत पार्टी राख्ने निर्णय गरेका छन् ।

सिराहाको लाहानमा  सोमबार सम्पन्न भएको राष्ट्रिय परिषदको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो । जनमत पार्टीको अध्यक्ष राउतलाइ नै बनाइएको छ ।

राउतका अतिरिक्त केन्द्रिय समितिमा , कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु(मोरङ) सीताराम पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सरिता यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), सञ्जय यादव (महोत्तरी) नरेश कुशहवा( सर्लाही) वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा) सञ्जय शाह (पर्सा) धु्रव गौड (नवलपरासी) भोपेन्द्र यादव(रुपन्देही) हकिकुल्ला खान(कपिलबस्तु) राधा यादव(दाङ) इरफान अहमद शेष (बाँके) महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आसा मेहता (सुनसरी रहेका छन् । 

बाँकी सदस्यहरुलाई चयन गर्ने जिम्मेबारी अध्यक्ष राउतलाई दिइएको छ । 

जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्ती माफृत जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीको झण्डामा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ । दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा प्रवेश गरेका छन् । 

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि पहल गर्नका लागि चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समितिलाई जिम्मेबारी दिएको छ । परिषदले जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि संघर्षरत रहने निर्णय गरेको

यस्ता छन् निर्णय ः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर