• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

के मुकेश अम्बानीको ‘जियो’का कारण भारतमा विश्वकै सस्तो मोबाइल इन्टरनेट उपलब्ध छ ?

बिबीसी । बिबीसीको एक रिपोर्टअनुसार, भारतमा मोबाइल ब्रोडब्यानडको मूल्य विश्वकै सबैभन्दा सस्तो छ । मूल्यहरुको तुलना गर्ने बेलायतस्थित एक वेबसाइटलाई उद्धृत गर्दै भारतमा एक जिबी मोबाइल डाटाको ०.१० अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, बेलायतमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्ने बिबीसीले रिपोर्टमा जनाएको छ । 

यद्यपि, धेरैजसो भारतीय प्रयोगकर्ताहरु प्रतिजिबी ०.१० डलरभन्दा कम मूल्य तिरिरहेको बताउँछन् । त्यस्तै अमेरिका र बेलायतका प्रयोगकर्ताले पनि सर्वेक्षणमा भनिएको भन्दा कम मूल्य तिर्ने गरेको बताएका छन् । 

भारतमा मोबाइलमा चलाइने डाटा अन्य देशमा भन्दा निक्कै सस्तो रहेको बताइन्छ । मोबाइल सेवा दिने ठूला कम्पनीहरु नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुने केही विश्लेषकको भनाई छ । 

भारतको कान्छो दुरसञ्चार सेवाप्रदायकले सस्तो, तीव्र गतिको मोबाइल डाटा र निशुल्क कल सो उपलब्ध गराएर भारतीय बजारमा तहल्का मच्चाएको छ । जियो सन् २०१६ सेप्टेम्बरमा निशुल्क परिक्षण सेवासहित आक्रामक रुपमा बजारमा आएको थियो । जियोले ६ महिनाभित्रै एक करोड ग्राहक बनाउन सफल भयो । 

दुई वर्षभित्रै जियो भारतको तेस्रो ठूलो दुरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता भएका छन् । 

भारतको दुरसञ्चार नियामक निकाय टीआरएआइका अनुसार, सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन्, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ एक करोड ८० लाख छन् ।

एक अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन् । मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन् ।

देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नुपर्‍यो । त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखियो ।

सेलुलर अपरेटर्स एसोशिएशन अफ इन्डियाका प्रमुख राजन म्याथ्युजका अनुसार अत्यधिक प्रतिस्पर्धाका कारण उपभोक्ताले आफूले चाहेको भन्दा पनि कम मूल्य तिर्नुपर्ने अवस्था भएको हो।
‘यदि सेवाप्रदायकहरूले नेटवर्कको पहुँच, गुणस्तर र नयाँ प्रविधिमा लगानी गर्ने हो भने डेटाको अहिलेको न्यून मूल्य कायम रहन सक्दैन।’

जियोले आफ्नो क्षमताको पाँच भागको एक भागमात्र प्रयोग गरेको भन्दै रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले अगाडि बढ्ने ठाउँ रहेको बताएका छन्।

जियोका २१ करोड ५० लाख ग्राहक रहेका बेला गत जुलाईमा कम्पनीको वार्षिक साधारणसभामा बोल्दै उनले भने, 'हामी अब अतिरिक्त लगानीविना पनि आफ्ना ग्राहक ठूलो सङ्ख्याले बढाउन सक्छौँ ।'

तर अति प्रतिस्पर्धाको स्थिति सधैँ रहन नसक्ने भएकोले डेटाको मूल्य बढ्ने सक्ने बताउँछन् डिजिटल अधिकारको पक्षमा वकालत गर्ने निखिल पाह्वा ।

अरू दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोबाट दबाव महसुस गरिरहेको बताइन्छ ।

पाह्वा भन्छन्, ‘जियो आउनुअघि बजारमा एक प्रकारको कार्टेलजस्तै थियो, जसले मूल्य उच्च राखे। मूल्यमा आएको गिरावटका कारण कतिपय कम्पनीहरू गाभिए र अहिले जम्मा चारवटा छन् ।’

हुन त जियोको लामो परीक्षण सेवाअन्तर्गत नै करिब १० करोड ग्राहक बनेका हुन् । तर उसका ग्राहकले अरू कम्पनीका ग्राहकले भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ ।

भारतमा चालक, खाना पकाउने कुक, आप्रवासी, विद्यार्थी र सबै प्रकारका कामदारले भिडिओ हेर्ने तथा शेयर गर्ने प्रवृत्ति बढेसँगै गत दुई वर्षमा औसतमा डेटा खर्च गर्ने दर १० प्रतिशतले बढेको छ ।

भारतीयहरूले प्रतिमहिना १० जीबीभन्दा बढी खर्च गर्ने गरेका छन्, जुन अमेरिकीहरूले प्रयोग गर्ने हाराहारीमै छ ।

सार्वजनिक स्थलमा निःशुल्क वाईफाईमा भारतीयहरूको पहुँच कमै छ। यद्यपि गुगल र रेलटेल कर्पोरेशनको रेलवायरले झन्डै ४०० रेल्वे स्टेशनमा उच्च गतिको निःशुल्क वाईफाई उपलब्ध गराइरहेको छ ।

प्रयोगकर्ताको मोबाइलमा अर्को कम्पनीको सिम भए पनि निःशुल्क भ्वाइस कलसेवा भएको जियोको प्रिपेड सेवा चाहिँ मेरुदण्डको रूपमा रहेको छ, अहिलेका लागि विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर