• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मध्य नेपालको होली मिलन समारोह सम्पन्न

पर्सा । महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिले होली मिलन समारोह समपन्न गरेको छ ।

पानीटंकी ८ स्थित मध्य नेपाल मिडिया कार्यालयको प्राङ्गणमा आयोजना गरेको होली मिलिन समारोहमा तराईमा सद्भावको प्रतीकका रूपमा मनाइने होली पर्वको रौनक विस्तारै हराउन थालेकोमा उपस्थितहरुले चिन्ता व्यक्त गरेका थिए ।

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईको गाऊँघर, टोल छिमेकमा गाइने मधुर्यता र प्रेमभावपुर्ण होरी गित गाऊँने चलन हराउन थालेकाले यसको जगेर्ना गर्न स्थानीय निकाय लाग्नुपर्नेमा जोड दिएको थियो ।

आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, पिरती तथा उन्मुक्ति लुकेको गित आजको आधुनिक समाजमा समेत उतिकै मनमोहक भएकाले यसमा स्थानीय निकायले स्थानीय कलाकार, गितकारहरुको प्रत्साहन जस्ता भिन्न किसिमका कार्यक्रमहरु ल्याउनुपर्ने उपस्थितिहरुको धारणा थियो ।

‘जोगिरा सर...र...र... कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग....कौन तालपर गारिया नाचे, कौन तालपर हम’ जस्ता गीत आधुनिकताले समाप्त पारिसकेकाले यसको जगेर्ना गर्न आजको आवश्यक्ता रहेको सहभागिहरुले बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर