• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'न्यू लुक्स'मा मेसीले ह्याट्रिक हान्दा विपक्षीकोसमेत हुटिङ

एजेन्सी । नेपाली समय अनुसार स्पेनिस ला लिगा अन्तरगत लिग लिडर बार्सिलोना र रियल बोटिस विरुद्धको खेल मध्य राति साँढे १ बजे सुरु भयो । सधैं झैं कप्तानको आर्मब्याण्ड लगाएर मैदान छिरे अर्जेन्टाईन स्टार लियो मेसी । आईतबार राति मेसी मैदान उत्रदा उनको लुक्स हल्क चेन्ज थियो ।

अर्थात कपाल काटेर चिटिक्क पारेका उनले झुस्स परेको खैरो दार्ही समेत ट्रिम गरेर अलि छोटो बनाएका थिए । सानो र छरितो ज्यानका मेसीलाई यस्तो लुक्समा थप स्मार्ट देखिएको थियो । मेसीलाई धेरैले धेरै उपमा दिने गरेका छन् । स्टार, सुपरस्टार, यलियन, सुपर ह्युमन आदि । 

बोटिस विरुद्धको खेलमा उनले आफ्नो त्यस्तै छाप छोडे र विपक्षी दर्शकहरु आफ्नो टिमले सर्मनाक ४–१ गोलको हार बोर्होर्दा पनि मेसीको खेल र सम्मानमा नतमस्तक भए । मेसीले गोल बार्साउँदा तालि बर्साए ।

बेटिसविरुद्ध जब मेस्सीले ८५औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे, लगत्तै घरेलु दर्शक तथा समर्थकले मेस्सीप्रति सम्मान दर्शाए । घरेलु दर्शकले मेस्सीको सम्मानमा गडगडाहट ताली बजाउँदै रंगशाला नै गुन्जायमान बनाए । कतिले आफ्नो ठाउँबाट उठेर सम्मान दर्शाए ।

  खेल सकिएपछि मेस्सीले मिडियासँग कुरा गर्दै खुसी व्यक्त गरे ।

‘म बेटिसका फ्यानप्रति आभारी छु । उनीहरूले हामीलाई यहाँ सधैं राम्रो स्वागत गर्ने गर्छन् । आज मैले राम्रा गोल गरें, म निकै खुसी छु । बेटिसका समर्थकप्रति मेरो माया र सम्मान छ ।’

स्पेनिस ला लिगा फुटबलमा गत राति बार्सिलोनाले रियल बेटिसलाई ४–१ ले हरायो । लिगको २८औं साताको खेलमा बार्सिलोनालाई अवे मैदानमा शानदार जित दिलाउनेक्रममा कप्तान लिओनल मेस्सीले सनसनीपूर्ण ह्याट्रिक गरे । अर्का फरवार्ड लुइस स्वारेजले १ गोल र अर्को गोलका लागि असिस्ट गरे ।

मेस्सीले बेटिसविरुद्ध गरेका ३ वटै गोल सुन्दर थिए । उनले खेलको १८औं मिनेटमा २० मिटर दूरीबाट सुन्दर फ्रि किक प्रहारमा पहिलो गोल गरे । त्यसपछि पहिलो हाफमा थप समयको दोस्रो मिनेटमा उनले स्वारेजको पासमा अर्को गोल गपे । उनको सो गोल पनि उत्तिकै सुन्दर थियो ।

फेरि खेलको ८५औं मिनेटमा मेस्सीले बक्स बाहिरबाट चिप प्रहार गरे, जुन प्रहारमा बलले बारमा लाग्दै पोस्टको दिशा लियो । उक्त गोल निकै दर्शनीय थियो । सो गोलपछि मेस्सीले आफ्नो ह्याट्रिक पूरा गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर