• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एक यस्तो ठाउँ, जहाँका मानिस दुवै देशमा बस्छन् (भिडियोसहित)

तस्विरः ब्रेजिक्टपछि युके र इयुको सिमा यसरी छुट्टिनेछ

बिबीसी । उत्तरी आयरल्यान्ड र गणतान्त्रिक आयरल्यान्डबीचको सीमा यतिबेला छुट्याउन सकिँदैन । उत्तरी आयरल्यान्डका युवा वर्ग एक अनौठो परिचयका साथ हुर्किएका छन्, एक बेलायतीको रुपमा वा आइरिस वा दुवै देशको नागरिकको रुपमा । 

उनीहरु त्यो शान्ति सम्झौतालाई धन्यवाद दिन्छन्, जसले दशक लामो द्धन्द्धलाई अन्त्य गरेको थियो । तर, अब यदि बेलायत युरोपेली युनियनबाट बाहिरिने ‘ब्रेक्सिट’ भएपछि फेरी द्धन्द्ध सुरु हुनसक्ने केहीको भनाई छ । 

यी दुई देशका लागि ब्रेजिक्टको अर्थ, दुई देशबीचको सीमा कोरिनु र फेरी देखिनु हो । जसले फेरी हिंसा भड्किने अवस्था आउन सक्ने उनीहरु बताउँछन् । 

उत्तरी आयरल्यान्ड र गणतान्त्रिक आयरल्यान्डबीच एक पटक फेरी हिंसा भड्कन सक्छ । र बेलायत र आयरल्याण्ड दुवै देशको पासपोर्ट भएका व्यक्तिका लागि कस्तो अधिकार व्यवस्था गरिने हो भन्ने अनिश्चित छ । 

यहाँका युवाको परिचयमाथि पनि ठूलो प्रश्न उठ्नेछ । किनकि, सीमामा बस्ने दुवै देशका नागरिकलाई दुवै देशको परिचय पत्र र पासपोर्ट प्रदान गरिएको छ । 

क्याथोलिक राष्ट्रवादी जो एकिकृत आयरल्यान्ड चाहान्थे र प्रोटेस्टेन्ट संघवादी जो आयरल्यान्ड बेलायतको एक हिस्सा चाहन्थे, उनीहरुबीच चलेको हिंसाका कारण नै उत्तरी आयरल्यान्ड विलाएको थियो । 

उत्तर आयरल्यान्डको द्धन्द्ध ‘गुड फ्राइडे’ सम्झौँतासँगै सन् १९९८ मा समाप्त भएको थियो । यस सम्झौँताको मुख्य ‘लेगेसी’हरुमध्ये एक हो – तपाई बेलायती, आइरिस वा दुवै देशको नागरिकता मध्ये एक लिन सक्नुहुन्छ । 

सबै नागरिकलाई समान अधिकार छ, तर ब्रेजिक्ट पासपछि भने यो परिवर्तन हुनसक्छ । धेरैजसोले कि त म बेलायती हुँ वा त म आइरिस हुँ भनेर निर्णय गर्नुपर्ने हुन्छ । यदि दुईमध्ये एक छान्नु पर्ने भएमा निक्कै गाह्रो हुने आयरल्यान्ड सीमामा वन्यजन्तुको हेरचाह गर्ने सिमान बताउँछन् ।  

इयुमा रहन उत्तरी आयरल्यान्डले बहुमतको मतदान पाएको छ, जसमा ७७ प्रतिशत १८ वर्षदेखि २४ वर्ष उमेरका मतदाताले रहिरहन जनमत स्रग्रहमा मतदान गरेका छन् । यतिबेला, संघवादी र राष्ट्रवादी दुई पक्षका युवा एक साथ मिलेर काम गरिरहेका छन् । तर, ब्रजिक्टले पुरानै विभाजनमा ल्याउन सक्ने अनुमान लगाउँछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर