• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भ्रष्टाचार विरुद्ध श्रीलंकामा पाँच वर्षे अभियान सुरु

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरुवात गरेका छन् । 

आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । 

अभियान अन्तर्गत दोषीलाई कानुनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने सिरिसेनाले शुभारम्भ कार्यक्रममा बताए । 

संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई छ । 

अभियान सुरुवात कार्यक्रममा चार ओटा हातेकिताव पनि सार्वजनिक गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर