• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 07:02 pm

झलनाथ खनालको दोस्रो गीति एल्बम बजारमा आउदै

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ । 

उनको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पूर्वप्रधानमन्त्री खनालले आफूले विसं २०६२÷६३ को आन्दोलनपछि यता देशप्रेम, विकास, निर्माण, समृद्धि, गृह जिल्ला इलामका सन्दर्भहरुमा लेखिएका गीतहरु समावेश गरिएको जनाउँदै आन्दोलनको चरण सकिएकाले अब साहित्यकारले विकास र निर्माणका लागि कमल चलाउनु पर्नेमा जोड दिए । 

खनालको पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग १’ २०६५ सालमा सार्वजनिक भएको थियो । 

महासङ्घका अध्यक्ष सरल सहयात्री र खगेन्द्र राईले जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक कामको व्यस्त तालिकाबाट समय निकालेर साहित्य, कला र संस्कृतिमा कलम चलाएर नेता खनालले यस क्षेत्रलाई कार्यसूचीमा राखेको पाइनु सकारात्मक रहेको उल्लेख छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संसदकाे अवराेध हटाउन सभामुखकाे पहल

  • ७ श्रावण, २०७६

काठमाडौं । प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले संसद् बैठकको अवरोध हटाई सहज रूपमा बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग

जानकी मन्दिर परिसरमा आठकोठे सन्त निवास बनाउँदै प्रदेश सरकार

  • ७ श्रावण, २०७६

जनकपुरधाम । प्रदेश २ सरकारले निर्माण गरिरहेको सन्त आवासको नाउँमा लाखौं रुपैयाँको भ्रष्टाचार भएको पाइएको छ । जानकी मन्दिर परिसरमै निर्माणाधीन सन्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी 

  • ७ श्रावण, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिष्ठानका