• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बल्ल बन्यो काँग्रेस अनुशासन समिति, संयोजकमा आङ्दम्बे

काठमाडौं । तीन गुट बीचमा सहमति नहुंदा महाधिवेशन भएको लामो समयपछि पनि गठन हुन नसकेको अनुशासन समिति बल्ल बनेको छ ।

सोमबार सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र अर्काे समुहका नेता कृष्णप्रसाद सिटौलाबीच सहमति भएपछि अनुशासन समिति गठन भएको हो ।

पाँच सदस्यीय समितिमा संस्थापन पक्षबाट देवेन्द्रराज कँडेल र किशोर राठोर सदस्य छन् भने अन्य समुहका तर्फबाट नाम सिफारिस हुन बाँकी रहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले दुईजनाको नाम दिन बाँकी छ ।

समिति गठन गर्ने एजेण्डा राखेर बिहान ११ बजे बैठक बोलाइएको थियो ।समिति गठनमा सहमति नजुटेका कारण बैठक साँझ अवेर बसेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर